NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Reliance Spinning Mills IPO Opens for the Public from Today; Issue Price Set at NPR 820.80...
    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजदेखि खुला, प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँ
    Investor
    2 min read
    Published on December 22, 2025
    NEPSE TRADING

    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजदेखि खुला, प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँReliance Spinning Mills IPO Opens for the Public from Today; Issue Price Set at NPR 820.80 per Share

    रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड ले आज पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा आईपीओ ल्याएको हो।

    बुक बिल्डिङ प्रक्रियाअन्तर्गत संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि बिक्री मूल्य ८२०.८० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

    नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति पाएअनुसार कम्पनीले जारी पूँजीको १०.१४ प्रतिशत बराबरको १९ लाख २६ हजार ६०० कित्ता साधारण शेयर निष्कासन गरिरहेको छ। यसमध्ये पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता शेयर संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिसकिएको छ।

    त्यसैगरी, दोस्रो चरणमा १ लाख १५ हजार ५९८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई वितरण गरिएको थियो। अब तेस्रो चरणमा कर्मचारीका लागि सुरक्षित गरिएको ५७ हजार ७९८ कित्ता शेयर बाहेक बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

    आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस २१ गतेसम्म म्याद थपिनेछ।

    आईपीओमा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ। निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

    क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई CARE-NP Single A Minus इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता सन्तोषजनक रहेको संकेत गर्दछ।

    वि.सं. २०५१ सालमा स्थापना भएको रिलायन्स स्पिनिङ्ग मिल्सका मुख्य उद्योग सुनसरीको ईटहरी र दुहबी क्षेत्रमा अवस्थित छन्। कम्पनी नेपालका ठूला धागो उत्पादक तथा रोजगारदाता उद्योगमध्ये एक मानिन्छ। कम्पनीले उत्पादन गरेको करिब ७०–७५ प्रतिशत धागो भारत, टर्की, भियतनाम, बेलायतलगायत मुलुकमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्।

    कम्पनीले आईपीओबाट संकलित रकम कटन यार्न तथा पोलिस्टर–कटन यार्नको उत्पादन क्षमता विस्तार, आधुनिक मेसिन तथा उपकरण खरिद, जग्गा खरिद र भवन निर्माणमा प्रयोग गर्ने जनाएको छ।

    वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २७.८७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २५०.८० रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म पनि कम्पनी नाफामै रहेको देखिन्छ।

    आईपीओ बाँडफाँटपछि कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत हुनेछ। नेप्से नियमअनुसार कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा पहिलो कारोबारका लागि २५०.८० रुपैयाँदेखि ७५२.४० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्राप्त हुने अनुमान गरिएको छ।

    निर्यातमुखी व्यवसाय, लामो सञ्चालन अनुभव र नाफामा रहेको वित्तीय अवस्थाका कारण रिलायन्स स्पिनिङ्ग मिल्सलाई मध्यमदेखि दीर्घकालीन लगानीका लागि अध्ययनयोग्य कम्पनीका रूपमा हेर्न सकिने भए पनि प्रिमियम मूल्यमा आएको आईपीओ भएकाले जोखिम मूल्यांकन गरेर मात्र आवेदन दिनु उपयुक्त देखिन्छ।

    Reliance Spinning Mills Limited has opened its Initial Public Offering (IPO) for general investors starting today (December 23 / Poush 7). The company has issued the IPO through the book-building method at an issue price of NPR 820.80 per share.

    Under the book-building process, the cut-off price for institutional investors was fixed at NPR 912 per share. After providing a 10 percent discount on the cut-off price, the issue price for general investors has been determined at NPR 820.80 per share.

    As approved by the Securities Board of Nepal, the company is issuing 1,926,600 ordinary shares, which represents 10.14 percent of its issued capital. In the first phase, 770,640 shares were already allotted to institutional investors.

    In the second phase, 115,598 shares were allotted to Nepalis working abroad. In the third phase, after excluding 57,798 shares reserved for employees, the remaining 924,768 shares have now been made available to the general public.

    Investors can apply for a minimum of 50 shares and a maximum of 20,000 shares. The IPO will close as early as Poush 11 (December 27). If the issue is not fully subscribed within this period, the deadline may be extended until Poush 21 (January 6).

    Applications can be submitted through C-ASBA member banks and financial institutions, their branch offices, and the ‘Mero Share’ online system. The issue and sales manager for the IPO is Global IME Capital Limited.

    Credit rating agency CARE Ratings Nepal has assigned the company a CARE-NP Single A Minus issuer rating, indicating an adequate capacity to meet its financial obligations.

    Established in 1994 (BS 2051), Reliance Spinning Mills operates its major production facilities in Itahari and Duhabi of Sunsari district. The company is recognized as one of Nepal’s leading yarn producers and major employers. Around 70–75 percent of its yarn production is exported to countries including India, Turkey, Vietnam, and the United Kingdom. The company is chaired by Pawan Kumar Golyan, with Akshay Golyan serving as Managing Director.

    The company has stated that the funds raised from the IPO will be utilized for expanding cotton yarn and polyester-cotton yarn production capacity, purchasing modern machinery and equipment, and acquiring land and constructing buildings.

    According to the financial statements, the company recorded an earnings per share (EPS) of NPR 27.87 and a net worth per share of NPR 250.80 in FY 2081/82. The company has remained profitable through the first quarter of the current fiscal year as well.

    Following share allotment, Reliance Spinning Mills’ shares will be listed on the Nepal Stock Exchange. Based on NEPSE regulations and the company’s actual net worth per share, the estimated opening trading range is expected to be between NPR 250.80 and NPR 752.40.

    Given its export-oriented business model, long operational history, and profitable financial performance, Reliance Spinning Mills may be considered a company worth evaluating for medium- to long-term investment. However, as the IPO has been issued at a premium price, investors are advised to assess the associated risks carefully before applying.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026