NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Reliance Spinning Mills to Open IPO for Nepali Migrant Workers from December 7
    रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुला गर्ने
    Investor
    1 min read
    Published on December 6, 2025
    NEPSE TRADING

    रिलायन्स स्पिनिङ मिल्सले मंसिर २२ गतेदेखि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुला गर्नेReliance Spinning Mills to Open IPO for Nepali Migrant Workers from December 7

    रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट आवश्यक श्रम स्वीकृति प्राप्त गर्दै आईपीओ प्रक्रिया अघि बढाएको हो।

    कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १,१५,५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरेको छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि कटअफ मूल्यमा १०% छुट लागू भएपछि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ। यसअघि बोलकबोल प्रणालीमार्फत संस्थागत लगानीकर्तालाई बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो।

    लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा मंसिर २५ गते बन्द हुने भए पनि सो अवधिसम्म पूरा आवेदन नपरेमा पुस ७ गतेसम्म लम्बिन सक्नेछ। ग्लोबल आइएमई क्यापिटल लिमिटेड यस आईपीओको बिक्री प्रबन्धक रहेको छ। आवेदनका लागि सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिनेछ।

    कम्पनीले प्राप्त गरेको रेटिङ अनुसार केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ्ग मिल्सलाई ‘CARE NP A- (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ।

    रिलायन्स स्पिनिङ्ग मिल्स नेपालका सबैभन्दा ठूला रोजगारदाता धागो उद्योगमध्ये एक हो। कम्पनीले आफ्ना ७०–७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, यूकेसहितका देशमा निर्यात गर्दै आएको छ। पवन कुमार गोल्याण कम्पनीका अध्यक्ष तथा अक्षय गोल्याण प्रबन्ध सञ्चालक हुन्। कम्पनीको मुख्य उद्योग सुनसरीको ईटहरी नगरपालिका–१२, खनारमा तथा शाखा उद्योग ईटहरी–४, दुहबीमा अवस्थित छ।

    कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ।

    Reliance Spinning Mills Limited is set to open its Initial Public Offering (IPO) for Nepali citizens working abroad from December 7 (Mangsir 22). The company has received the required labor approval from the Government of Nepal and will now proceed with the issuance targeted specifically at migrant workers.

    The company will issue 10% of the total public offering—equivalent to 115,596 ordinary shares—for Nepali migrant workers. Although the face value of the shares is Rs. 100 per unit, investors will have to apply at Rs. 820.80 per share after a 10% discount on the cut-off price. Earlier, during the book-building auction for institutional investors, the cut-off price was fixed at Rs. 912.

    Applicants must apply for a minimum of 50 shares, while the maximum limit has been set at 20,000 shares. The IPO issue will close early on December 10 (Mangsir 25) if fully subscribed, otherwise it may be extended until December 22 (Poush 7). Global IME Capital Limited is the issue manager. Investors can apply through C-ASBA member banks and financial institutions, their designated branches, or through the online platform ‘Mero Share’.

    According to the rating assessment, CARE Ratings Nepal has assigned Reliance Spinning Mills the rating “CARE NP A- (Issuer Rating)”, indicating that the company has an adequate capacity to meet its financial obligations on time.

    Reliance Spinning Mills is one of Nepal’s largest yarn manufacturing industries and also one of the biggest employers in the sector. The company exports more than 70–75% of its products to countries such as India, Turkey, Vietnam, and the UK. The company is chaired by Pawan Kumar Golyan, while Akshay Golyan serves as the Managing Director. Its main production unit is located in Itahari-12, Khanar, Sunsari, and the branch unit is situated in Itahari-4, Duhabi.

    The company’s average payback period is 6.75 years, while the discounted payback period stands at 10.61 years.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026