
आईपीओपछि रिलायन्स स्पिनिङको दमदार वित्तीय रिपोर्टReliance Spinning Shows Strong Financial Growth After IPO Launch
९ महिनामै २६ करोडभन्दा बढी खुद नाफा
१४ अर्बभन्दा बढी सम्पत्ति, जगेडा कोष चुक्तापुँजीभन्दा झन्डै चार गुणा
बुक बिल्डिङबाट आएको कम्पनीले देखायो मजबुत वित्तीय आधार
हालै बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गरेको Reliance Spinning Mills Limited ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरणले कम्पनीको वित्तीय अवस्था निकै मजबुत र स्थिर देखिएको भन्दै लगानीकर्तामाझ सकारात्मक चर्चा सुरु भएको छ।
कम्पनीले चालु आवको पहिलो ९ महिनामा २६ करोड ६९ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस अवधिमा रिलायन्सले ७ अर्ब ४६ करोड ४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ भने सञ्चालन नाफा ५३ करोड ४९ लाख ८८ हजार रुपैयाँ पुगेको छ। कुल व्यापारको ७.२ प्रतिशत सञ्चालन नाफा र ३.६ प्रतिशत खुद नाफा कायम हुनु उत्पादनमूलक उद्योगका हिसाबले सन्तोषजनक मानिएको छ।
वित्तीय विवरणअनुसार कम्पनीले ब्याज तथा अन्य वित्तीय खर्चबापत २२ करोड १० लाख रुपैयाँ खर्च गरेको छ। त्यस्तै, आयकरबापत ४ करोड ७० लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको देखिन्छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २० रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ४९७ रुपैयाँ ३७ पैसा पुगेको छ। यो तथ्यांकले कम्पनीको आधारभूत वित्तीय अवस्था सबल रहेको संकेत गर्छ।
रिलायन्सको करेन्ट रेसियो २ रहेको छ, जसले कम्पनीसँग अल्पकालीन दायित्व तिर्न पर्याप्त चालु सम्पत्ति रहेको देखाउँछ। कम्पनीको कुल सम्पत्ति १४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने दीर्घकालीन र अल्पकालीन गरी कुल ऋण २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
सबैभन्दा चासोको विषय भने कम्पनीको जगेडा कोष देखिएको छ। १ अर्ब ९० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषसहित कुल इक्विटी ७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, जुन चुक्तापुँजीको झन्डै चार गुणा बढी हो। सामान्यतया आईपीओ निष्काशन गर्ने धेरै कम्पनीहरूको तुलनामा रिलायन्स स्पिनिङको वित्तीय आधार निकै बलियो देखिएको भन्दै बजारमा कम्पनीप्रति विश्वास बढ्न थालेको विश्लेषण गरिएको छ।
विशेषगरी उत्पादनमूलक उद्योगमा स्थिर नाफा, उच्च नेटवर्थ र बलियो जगेडा कोषलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। बजार विश्लेषकहरूका अनुसार रिलायन्स स्पिनिङले दीर्घकालीन रूपमा लगानीकर्ताको ध्यान आकर्षित गर्न सक्ने सम्भावना देखिएको छ।
Company Earns Over Rs. 266.9 Million Net Profit in 9 Months
Reserve Fund Nearly Four Times Higher Than Paid-Up Capital
Book-Building IPO Company Displays Strong Financial Stability
Reliance Spinning Mills Limited, which recently issued its IPO through the book-building process, has published its unaudited financial report for the third quarter of the fiscal year 2082/83. The report indicates that the company remains financially strong and stable, drawing positive attention from investors in the market.
According to the financial statement, the company earned a net profit of Rs. 266.99 million during the first nine months of the current fiscal year. During the same period, Reliance recorded business transactions worth Rs. 7.46 billion, while its operating profit reached Rs. 534.98 million. The company maintained an operating profit margin of 7.2 percent and a net profit margin of 3.6 percent, reinforcing its strong presence in Nepal’s manufacturing sector.
The report further shows that the company spent Rs. 221 million on interest and other financial expenses, while paying Rs. 47.09 million in income tax. Reliance Spinning’s earnings per share (EPS) stood at Rs. 20.42, while its net worth per share reached Rs. 497.37, reflecting a strong financial foundation.
The company’s current ratio stands at 2, indicating that it has sufficient current assets to meet short-term liabilities comfortably. Reliance has total assets worth Rs. 14.86 billion, while its total long-term and short-term liabilities amount to Rs. 2.55 billion.
One of the most notable highlights of the report is the company’s reserve and surplus position. With a paid-up capital of Rs. 1.90 billion, Reliance has built total equity, including reserves, of Rs. 7.55 billion — nearly four times higher than its paid-up capital. Compared to many companies entering the market through IPO issuance, Reliance Spinning’s public financial indicators appear significantly stronger and more mature.
Market analysts believe the company’s stable profitability, high net worth, and strong reserve base position it as one of the financially solid manufacturing companies in Nepal. Following the release of the report, investor confidence toward the company has reportedly increased in the secondary market as well.




