NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Remittance Inflows Surge by Over 31 Percent, Strengthening Nepal’s External Position
    चार महिनामा विप्रेषण आप्रवाह ३१ प्रतिशतले उछाल, बाह्य क्षेत्रलाई बलियो आधार
    Investor
    2 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    चार महिनामा विप्रेषण आप्रवाह ३१ प्रतिशतले उछाल, बाह्य क्षेत्रलाई बलियो आधारRemittance Inflows Surge by Over 31 Percent, Strengthening Nepal’s External Position

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (२०८२ कात्तिकसम्म) मा नेपालको अर्थतन्त्रलाई विप्रेषण आप्रवाहले मजबुत टेवा दिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण वृद्धिदर ९.४ प्रतिशत मात्र रहेको थियो।

    समीक्षा अवधिमा देखिएको यो तीव्र वृद्धिले पछिल्लो समय व्यापार तथा सेवा खातामा देखिएको घाटालाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेलेको अर्थविद्हरूको विश्लेषण छ। विशेषगरी आयात उच्च रहँदा र सेवा खातामा घाटा बढ्दै जाँदा विप्रेषण नै बाह्य क्षेत्रको प्रमुख आधार बनेको देखिन्छ।

    कात्तिक महिनामै १३३ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण

    २०८२ कात्तिक महिनामा मात्रै विप्रेषण आप्रवाह १३३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह ११४ अर्ब ३१ करोड रुपैयाँ थियो। मासिक आधारमा पनि विप्रेषणमा उल्लेखनीय सुधार देखिनुले वैदेशिक रोजगारीमा रहेका नेपालीको आम्दानी र औपचारिक माध्यमबाट रकम पठाउने प्रवृत्ति बढेको संकेत गर्दछ।

    डलरमा पनि दोहोरो अंकको वृद्धि

    अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धिदर ८.२ प्रतिशत मात्र थियो। डलरमा विप्रेषण बढ्नुले विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ, जसले बाह्य भुक्तानी सन्तुलनलाई थप सहज बनाएको छ।

    द्वितीय आय (खुद ट्रान्सफर) उल्लेखनीय रूपमा बढ्यो

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६९ अर्ब २९ करोड रुपैयाँ थियो। द्वितीय आयमा आएको वृद्धि मुख्यतया विप्रेषणकै प्रभावका रूपमा देखिएको छ।

    वैदेशिक रोजगारीतर्फ जानेको सङ्ख्या स्थिर

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने (नयाँ) नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९७३ पुगेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार १०५ थियो।

    तथ्याङ्कले नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या केही घटे पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको देखाउँछ। यसले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू निरन्तर विदेशमै रोजगारीमा रहँदै विप्रेषण पठाइरहेको संकेत गर्छ।

    चार महिनाको तथ्याङ्कले नेपालको बाह्य क्षेत्रको स्थायित्वमा विप्रेषणको भूमिका अझ बलियो बन्दै गएको स्पष्ट हुन्छ। व्यापार घाटा र सेवा खाताको घाटा कायमै रहे पनि विप्रेषणमा आएको तीव्र वृद्धिले समग्र शोधनान्तर सन्तुलनलाई मजबुत बनाएको छ। तर दीर्घकालीन रूपमा अर्थतन्त्रलाई दिगो बनाउन विप्रेषणमा मात्र निर्भर नरही स्वदेशमै रोजगारी सिर्जना, उत्पादन विस्तार र लगानी प्रवर्द्धनमा केन्द्रित नीति आवश्यक रहेको विज्ञहरूको धारणा छ।

    Remittance inflows continued to play a crucial stabilizing role in Nepal’s economy during the first four months of fiscal year 2082/83 (up to mid-November 2025), recording a sharp increase compared to last year. According to data released by Nepal Rastra Bank, remittance inflows rose by 31.4 percent to Rs 687.13 billion during the review period. In the same period last year, remittances had increased by just 9.4 percent, highlighting a significant acceleration in inflow growth.

    The strong performance of remittances has helped cushion the economy against pressures from a widening trade deficit and a growing service account shortfall. Economists note that at a time when imports remain high and service-sector outflows are rising, remittances have emerged as the primary source of external financing stability.

    Monthly Inflows Remain Strong

    In mid-November 2025 alone, remittance inflows reached Rs 133.82 billion, up from Rs 114.31 billion in the same month last year. The sustained rise in monthly inflows suggests improved earnings of Nepali workers abroad and a growing shift toward formal remittance channels, supported by better financial access and digital transfer systems.

    Dollar Inflows Also Increase

    Measured in US dollars, remittance inflows during the review period increased by 25.3 percent to USD 4.88 billion. In contrast, dollar-denominated remittances had grown by only 8.2 percent in the same period last year. The rise in foreign currency inflows has had a positive impact on foreign exchange reserves, helping strengthen Nepal’s capacity to meet external payment obligations.

    Secondary Income Shows Sharp Growth

    Reflecting the strong remittance performance, net secondary income (net transfers) rose to Rs 754.93 billion, compared to Rs 569.29 billion in the same period last year. This sharp increase has provided additional support to the balance of payments, offsetting deficits in the trade and service accounts.

    Overseas Employment Trends

    During the review period, the number of Nepalis receiving final labor approval for foreign employment (new, institutional and individual) stood at 145,973, while 127,837 workers received re-entry labor approval. In the same period last year, the corresponding figures were 147,478 for new approvals and 94,105 for re-entry approvals.

    The data indicate that while the number of new migrant workers has slightly declined, a significant increase in re-entry approvals suggests that many Nepalis are continuing their overseas employment for longer periods. Analysts say this trend has helped sustain and boost remittance inflows despite slower growth in new labor migration.

    The latest figures underline Nepal’s continued reliance on remittances as a backbone of its external sector. While the strong growth in inflows has helped stabilize the economy, experts caution that excessive dependence on foreign employment poses long-term risks. They emphasize the need for policies that channel remittance income into productive investment, job creation and domestic industrial growth.

    Overall, the first four months of FY 2082/83 show that remittances remain a powerful support for Nepal’s economy, even as challenges persist in trade, services and investment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026