
राइड सेयरिङमा साउन १ देखि कर, भाडा बढ्नेRide-sharing to be taxed from Shrawan 1, fares set to rise
सरकारले साउन १ गतेदेखि राइड सेयरिङ सेवामा प्रत्येक कारोबारको ५ प्रतिशत भ्याट र चालकबाट १ प्रतिशत टीडीएस संकलन गर्ने भएको छ। यसका लागि आन्तरिक राजस्व विभागले तयारी पूरा गरेको जनाएको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था गरिएको हो। कुल ६ प्रतिशत रकम राजस्वका रूपमा सरकारी खातामा जम्मा हुनेछ, जसमध्ये भ्याटको भार अन्तिम उपभोक्तामा पर्छ भने टीडीएस चालककै नाममा कट्टा हुन्छ।
विभागका निर्देशक शिव शर्माका अनुसार टीडीएसका लागि चालक व्यक्तिगत प्यानमा दर्ता हुनु अनिवार्य छ, तर भ्याटका लागि चालक दर्ता हुनुपर्दैन। सेवा प्रदायक कम्पनीले चालकबाट रकम उठाएर हरेक महिनाको २५ गतेभित्र कर कार्यालयमा बुझाउनेछ।
उदाहरणका लागि, कुनै यात्रुले पठाओमार्फत यात्रा गरी १०० रुपैयाँ तिरे भ्याट बापत ५ र टीडीएस बापत १ गरी ६ रुपैयाँ (कमिसनबाहेक) चालकले कम्पनीलाई भुक्तानी गर्नुपर्नेछ, र सोही रकम कम्पनीले करकार्यालयमा बुझाउनेछ।
हाल नेपालमा राइड सेयरिङमार्फत वार्षिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ। यसबाट सरकारले करिब १ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन हुने अपेक्षा गरेको छ।
कर लागू भएसँगै भाडा भने बढ्ने भएको छ। पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीका अनुसार ट्याक्सीको भाडा ५ प्रतिशतले बढ्नेछ भने मोटरसाइकलको भाडा कति बढ्ने भन्ने अध्ययन भइरहेको छ। कम्पनीले चालकहरूलाई प्यान अद्यावधिक गर्न आग्रह गरेको छ।
The government will begin collecting 5 percent VAT on each ride-sharing transaction and 1 percent TDS from drivers starting Shrawan 1. The Inland Revenue Department says it has completed preparations to implement the measure.
The provision was introduced through the budget for the upcoming fiscal year. A total of 6 percent will be deposited into the government account as revenue, of which the VAT burden falls on the end consumer while the TDS is deducted in the driver's name.
According to department director Shiva Sharma, drivers must be registered under a personal PAN for TDS, though they do not need to register for VAT. The service-provider company will collect the amount from drivers and remit it to the tax office by the 25th of each month.
For example, if a passenger travels via Pathao and pays Rs 100, the driver must pay the company Rs 6 (excluding commission), Rs 5 as VAT and Rs 1 as TDS, and the company then deposits that amount with the tax office.
Ride-sharing in Nepal currently generates more than Rs 20 billion in annual transactions. The government expects to collect around Rs 1.20 billion in revenue from the 5 percent VAT and 1 percent TDS.
Fares are set to rise once the tax takes effect. According to Pathao Nepal Managing Director Yashu Thakali, taxi fares will increase by 5 percent, while a study is underway on how much motorcycle fares will rise. The company has urged drivers to update their PAN.



