दोस्रो विशेष साधारण सभाको सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८१/०५/११
श्री शेयरधनी महानुभावहरु,
मिति २०८१/०५/११ मा बसेको यस कम्पनीको सञ्चालक समितिको ११९ औं बैठकको निर्णयानुसार कम्पनीको दोस्रो विशेष साधारण साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशन गरिएको छ ।
सभा बस्ने मिति, समय र स्थान
मिति : २०८१ साल आश्विन २ गते (तदनुसार सन् २०२४ सेप्टेम्बर १८) शुक्रवार ।
समय : बिहान ११:०० बजे ।
स्थान : काठमाण्डौ जिल्ला, चन्द्रागिरी नगरपालिका वडा नं. ७ स्थित ग्रीन ल्यान्ड ब्याङ्क्वेट एन्ड रेस्टुरेन्ट प्रा.लि. ।
छलफल तथा निर्णयका लागि निर्धारित विषयसूची
क) विशेष प्रस्ताव:
(१) कम्पनीको नियमावलीमा संशोधन गर्ने बारे ।
ख) विविध ।
सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव
साधारण सभा सम्बन्धी अन्य जानकारी
(१) दोस्रो विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका मिति २०८१/०५/२३ गते १ (एक) दिन बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८१/०५/२२ गतेसम्म कारोवार भई म्याद भित्र यस कम्पनीको शेयर रजिष्ट्रार एवं रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सो साधारण सभामा भाग लिन र मतदान गर्न पाउने छन् ।
(२) साधारण सभामा भाग लिन ईच्छुक शेयरधनी महानुभावहरुलाई आफ्नो आधिकारिक परिचयपत्र (फोटो सहित हुन पर्नेछ) सहित शेयरधनी प्रमाणपत्र र अभौतिकीकरण गरिसकेको शेयरको हकमा हितग्राही खाता विवरण अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ, अन्यथा सभाकक्षमा भित्र प्रवेश गर्न पाइने छैन ।
(३) शेयरधनी महानुभावहरुको उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी पुस्तिका विहान १०:०० बजे देखि सभा खुल्ला गरिनेछ ।
(४) साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फारम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि कम्पनीको रजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा दर्ता गराई सक्नु पर्नेछ । प्रोक्सी फारम कम्पनीको वेबसाइटबाट डाउनलोड गरि लिन सकिनेछ ।
(५) कम्पनीको शेयरधनी बाहेक अरुलाई प्रतिनिधि (प्रोक्सी) दिन र एकभन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी तथा अन्य कुनै किसिमबाट छुट्टयाई प्रतिनिधि (प्रोक्सी) दिन पाइने छैन, यसरी दिइएको प्रतिनिधि (प्रोक्सी) बदर हुनेछ । तर प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनीले प्रतिनिधि फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधिपत्र (प्रोक्सी) बदर गरी यो प्रतिनिधिपत्र (प्रोक्सी) लाई मान्यता दिइयोस् भन्ने छुट्टै पत्र सहित प्रोक्सी फारम कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा शुरु हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइने छ ।
(६) प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसक्नु भएका शेयरधनी आफै सभामा उपस्थित भई हाजिरी किताबमा दस्तखत गर्नु भएमा अघि दिइएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ ।
(७) छलफलको विषय मध्ये विविध शीर्षक अन्तर्गत कुनै विषयमा सभामा छलफल गर्नु पर्ने भए ईच्छुक शेयरधनीले सभा हुनुभन्दा ७ (सात) दिन अगावै कम्पनीको रजिष्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा आई उक्त विषय कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ । तर सो कुरा अध्यक्षको अनुमति भएमा मात्र छलफल गरिनेछ ।
(८) एक भन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एक जनाले मात्र वा शेयरधनीको दर्ता किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले साधारण सभामा भाग लिन सक्नु हुनेछ ।
(९) नाबालक वा भिन्न शारीरिक क्षमताका शेयरधनीहरुको तर्फबाट कम्पनीको शेयरधनी दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भइरहेका महानुभावहरुले साधारण सभामा भाग लिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नु हुनेछ ।
(१०) साधारण सभा सम्वन्धमा थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, कुपण्डोल, ललितपुरमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।
(११) शेयरधनी महानुभावहरुले व्यक्त गर्नु भएका मन्तव्य तथा प्रश्नहरुको सम्वन्धमा सञ्चालक समितिका तर्फबाट सामुहिक रुपले उत्तर दिन सकिनेछ ।
(१२) शान्ति सुरक्षाका कारण साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरुलाई यथासक्य झोला, व्याग नल्याउनु हुन अनुरोध छ । सभाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले शेयरधनी महानुभावहरु लगायत सभाकक्षमा प्रवेश गर्ने सबैको झोला, व्याग र शरीर जाँच गर्न सक्नेछन् ।



