·

रिज लाइन इनर्जीको आईपीओ पुस १३ गतेदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन

Author

NEPSE TRADING

रिज लाइन इनर्जीको आईपीओ पुस १३ गतेदेखि, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन

रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २२ प्रतिशत बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ, जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर गोरखा जिल्लाको अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दुधपोखरी तथा दोर्दी गाउँपालिकाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। साथै, सर्वसाधारणको लागि छुट्याइएको शेयरमध्ये १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालबाट कम्पनीले केयरएनपी डबल बी इस्यूअर रेटिङ प्राप्त गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना हाल व्यवसायिक उत्पादनमा रहेको छ। आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Related News