NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Ripples of BAFIA: Mounting Impact on the Market
    बाफियाको तरंग : बजारमा गहिरिँदो प्रभाव
    Investor
    1 min read
    Published on June 4, 2025
    NEPSE trading

    बाफियाको तरंग : बजारमा गहिरिँदो प्रभावRipples of BAFIA: Mounting Impact on the Market

    बाफिया (बैंक तथा वित्तीय संस्था ऐन) संशोधन प्रस्तावसँगै बजारमा फेरि तरंग देखिएको छ। बैंकर र व्यवसायीबीचको भूमिकालाई छुट्याउने विषयले शेयर बजारमा अनिश्चितता थपेको छ। लगानीकर्ताहरूबीच अन्योल बढ्दै जाँदा बजारमा नराम्रो असर देखिन थालेको छ।

    यो विषय नयाँ भने होइन। वर्षौं अघिदेखि चर्चामा आइरहेको यो विषयले विगतमा पनि पटक–पटक बजारमा अस्थिरता ल्याएको थियो। तर समयसँगै यो मुद्दा सेलाउने गरेको इतिहास पनि छ। तर, पछिल्लो समय बाफियाको संशोधन विधेयक संसदमा दर्ता हुन लागेको खबरसँगै लगानीकर्ताहरू फेरि सतर्क बनेका छन्।

    बजेटपछिको आशामा केही समय राहत देखिएको नेप्से परिसूचक पछिल्ला दुई दिनदेखि फेरि दोहोरो अंकले ओरालो लागेको छ। मंगलबार ३५ अंकले घटेको सूचक बुधबार पुनः ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा झरेको छ। बजारमा लगातार गिरावट आउनुमा बाफियाले निम्त्याएको मनोवैज्ञानिक प्रभावसमेत समावेश रहेको विश्लेषकहरू बताउँछन्।

    बाफियाले बैंकरलाई व्यवसायिक संलग्नताबाट रोक्न खोज्दा धेरै बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा सञ्चालक समितिका सदस्यहरू प्रभावित हुन सक्ने देखिन्छ। जसको सीधा असर ती कम्पनीका शेयरमा पर्न सक्ने भएकाले लगानीकर्ताहरू सुरक्षित बाटो रोज्न थालेका छन्।

    गभर्नरको नियुक्तिमा भएको ढिलाइ, बजेटमा शेयर बजारसम्बन्धी स्पष्ट र प्रभावकारी कार्यक्रमको अभाव, र बाफियाको अनिश्चित प्रस्तावले गर्दा बजारमा विश्वासको वातावरण बनिनसकेको अवस्था देखिन्छ।

    विश्लेषकहरूका अनुसार यस्ता नीतिगत अन्योलताले बजारमा अल्पकालीन असर त पार्छ नै, दीर्घकालीन सुधारका लागि भने सरकार र नियामक निकायको स्पष्टता, पारदर्शिता र प्रतिबद्धता अत्यावश्यक छ। लगानीकर्ताको मनोबल बलियो बनाउन नीति, निर्देशन र व्यवहारमा स्थिरता ल्याउनु आजको मुख्य आवश्यकता बनेको छ।

    The ongoing debate around the proposed amendment to BAFIA (Bank and Financial Institutions Act) has stirred noticeable waves in the stock market. The move to distinctly separate the roles of bankers and businesspersons has triggered uncertainty among investors, directly affecting market sentiment.

    Although this is not a new issue—it has been in discussion for years—each time it resurfaces, it tends to shake investor confidence in the short term. Historically, such debates have flared up and then gradually faded away. However, with the amendment bill reportedly on its way to Parliament, market participants are now reacting more cautiously.

    Following a slight uptick immediately after the budget announcement, the NEPSE index has declined for two consecutive days. On Tuesday, it dropped by 35 points, and on Wednesday, it fell another 11.97 points to close at 2646.95. Analysts say this decline is partly due to psychological pressure stemming from the BAFIA amendment issue.

    The proposed changes in BAFIA seek to bar individuals involved in banking from simultaneously engaging in commercial business activities. This could potentially affect many board members and executives of banks and financial institutions, prompting investors to reevaluate their holdings in such entities.

    Meanwhile, the delayed appointment of the new Governor, lack of stock market-friendly policies in the recent budget, and the legal uncertainty caused by the proposed BAFIA amendment have all contributed to the erosion of investor confidence.

    Experts argue that while such regulatory uncertainty may create temporary market shocks, the long-term impact can be mitigated through strong policy direction, transparency, and consistent regulatory communication. For now, building investor trust remains the most urgent task for the government and regulatory bodies.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026