NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Rising Non-Banking Assets and Loan Write-Offs Raise Concerns in Nepal’s Banking Sector
    बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढ्दै, जोखिम बढ्ने चिन्ता
    Top
    1 min read
    Published on March 13, 2026
    NEPSE TRADING

    बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढ्दै, जोखिम बढ्ने चिन्ताRising Non-Banking Assets and Loan Write-Offs Raise Concerns in Nepal’s Banking Sector

    काठमाडौं । नेपालको बैंक तथा वित्तीय संस्थाहरूमा गैर–बैंकिङ सम्पत्ति (Non-Banking Assets) तथा कर्जा अपलेखनको आकार निरन्तर बढ्दै गएको देखिएको छ। आर्थिक गतिविधिमा आएको सुस्तता, ऋणीहरूको आम्दानी घट्नु तथा कर्जा भुक्तानी क्षमतामा आएको गिरावटका कारण बैंकहरूले ठूलो परिमाणमा धितो सम्पत्ति सकार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल गैर–बैंकिङ सम्पत्ति ५१ अर्ब २० करोड ५ लाख रुपैयाँ पुगेको छ, जुन चालु आवको सात महिनामा करिब ६५ करोड रुपैयाँले वृद्धि भएको हो। निष्क्रिय कर्जा बढ्दै जाँदा त्यसको प्रभाव गैर–बैंकिङ सम्पत्तिमा परेको देखिन्छ।यसैबीच बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको सात महिनामा थप १ अर्ब १५ करोड ३० लाख रुपैयाँ बराबरको कर्जा अपलेखन गरेका छन्। गत असार मसान्तसम्म ८ अर्ब ७० करोड ९० लाख रुपैयाँ रहेको कर्जा अपलेखन रकम बढेर अहिले ९ अर्ब ८६ करोड २० लाख रुपैयाँ पुगेको छ। विशेषगरी कोरोनाकालमा दिइएका सहुलियतहरू हट्दै जाँदा ऋणीहरू कर्जा तिर्न असमर्थ हुने अवस्था बढेको र कर्जा डिफल्ट दर बढेपछि बैंकहरूले धितो लिलाम, धितो सकार तथा कर्जा अपलेखनको प्रक्रिया तीव्र बनाएका छन्।माघ मसान्तसम्म वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ४४ करोड, विकास बैंकहरूको ४ अर्ब ६१ करोड ७० लाख र वित्त कम्पनीहरूको ३ अर्ब १४ करोड ३० लाख रुपैयाँ पुगेको छ। अर्थतन्त्रमा आएको सुस्तता र घरजग्गा कारोबार कमजोर हुँदा बैंकहरूले पटक–पटक सूचना जारी गर्दा पनि यस्तो सम्पत्ति बिक्री गर्न कठिन भइरहेको छ। गैर–बैंकिङ सम्पत्ति बढ्दै जाँदा बैंकहरूको नाफा तथा सेयरधनीलाई दिइने लाभांशमा समेत प्रभाव पर्ने देखिएको छ।यस समस्यालाई व्यवस्थापन गर्न सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) स्थापना गर्ने तयारी अघि बढाएको छ। नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत निष्क्रिय कर्जा तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि आवश्यक कानुनी व्यवस्था तयार गरी सरकारसमक्ष प्रस्ताव पेश गर्ने योजना बनाएको जनाएको छ।
    Kathmandu – Non-banking assets and loan write-offs in Nepal’s banks and financial institutions have continued to increase, reflecting the impact of slow economic activity and declining repayment capacity of borrowers. According to Nepal Rastra Bank, the total non-banking assets of banks and financial institutions reached NPR 51.20 billion by mid-February of the current fiscal year 2022/23 (2082/83 BS). During the first seven months of the fiscal year, such assets increased by about NPR 650 million as rising non-performing loans (NPLs) forced banks to acquire collateral from defaulting borrowers.During the same period, banks and financial institutions also wrote off an additional NPR 1.15 billion in loans. The total loan write-off amount has now reached NPR 9.86 billion, up from NPR 8.70 billion recorded by the end of the last fiscal year. With the gradual withdrawal of relief measures introduced during the COVID-19 pandemic and continued economic slowdown, many borrowers have struggled to repay loans, leading to an increase in loan defaults and forcing banks to intensify collateral auctions, property acquisition, and loan write-off processes.By mid-February, commercial banks held non-banking assets worth NPR 43.44 billion, development banks NPR 4.61 billion, and finance companies NPR 3.14 billion. However, due to weak economic conditions and a sluggish real estate market, banks have been unable to sell these assets despite issuing repeated auction notices. The rise in non-banking assets is likely to affect banks’ profitability and shareholder dividends.To address the issue, the government is planning to establish an Asset Management Company (AMC) to help manage non-performing loans and non-banking assets. Nepal Rastra Bank has also announced that it will prepare the necessary legal framework and submit it to the government in the upcoming monetary policy to facilitate the establishment of such a company.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026