NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Rising Participation of Small and Mid-Level Investors in Nepal’s Stock Market, Large Inves...
    शेयर बजारमा साना तथा मध्यम लगानीकर्ताको सक्रियता बढ्दो, ठूला लगानीकर्ताको पकड अझै बलियो
    Investor
    2 min read
    Published on February 4, 2026
    NEPSE TRADING

    शेयर बजारमा साना तथा मध्यम लगानीकर्ताको सक्रियता बढ्दो, ठूला लगानीकर्ताको पकड अझै बलियोRising Participation of Small and Mid-Level Investors in Nepal’s Stock Market, Large Investors Still Dominate

    पछिल्लो समय नेपाली शेयर बजारमा साना तथा मध्यम स्तरका लगानीकर्ताहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको तथ्यांकअनुसार २५ लाखदेखि १ करोड रुपैयाँसम्मका शेयर धितो कर्जामा सबैभन्दा बढी वृद्धिदर देखिएको छ।

    राष्ट्र बैंकका अनुसार ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १२.८ प्रतिशतले, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १०.३ प्रतिशतले र २५ लाख रुपैयाँभन्दा कमको कर्जा ७.९ प्रतिशतले वृद्धि भएको छ। यसले बजारमा साना तथा मध्यम लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टि गर्छ।

    बजारमा तरलताको सहज उपलब्धता र बैंकहरूको ब्याजदर एकल अंकमा झरेपछि लगानीकर्ताहरूले बैंकमार्फत कर्जा लिएर शेयरमा लगानी गर्ने रणनीतिलाई प्राथमिकता दिन थालेका छन्। यसले कारोबार रकम बढाउन र बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरूको भनाइ छ।

    राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा प्रवाह गरेको कर्जाको कुल आकार १ खर्ब ५२ अर्ब ४० करोड ३३ लाख रुपैयाँ पुगेको छ। यो रकम असार मसान्तको तुलनामा ८.३ प्रतिशतले बढी हो। पछिल्लो ६ महिनामा मात्र यस्तो कर्जा ११ अर्ब ७० करोड १२ लाख रुपैयाँले वृद्धि भएको छ।

    यद्यपि, साना तथा मध्यम लगानीकर्ताको सक्रियता बढे पनि ठूला लगानीकर्ताको पकड अझै बलियो देखिएको छ। तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा मात्र १ खर्ब ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ पुगेको छ, जुन कुल कर्जाको झन्डै ७० प्रतिशतभन्दा बढी हो। यस वर्गमा पछिल्लो ६ महिनामा ७.३ प्रतिशत अर्थात् ७ अर्ब १८ करोड ७२ लाख रुपैयाँ थपिएको छ।

    मध्यम वर्गतर्फ हेर्दा, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह बढेर १८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यसमा पछिल्लो अवधिमा २ अर्ब ४ करोड ९३ लाख रुपैयाँ थपिएको छ। प्रतिशतका आधारमा यो वर्गको वृद्धिदर सबैभन्दा बढी रहेको छ।

    त्यसैगरी, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १९ अर्ब ३८ करोड २० लाख रुपैयाँ पुगेको छ भने २५ लाखभन्दा कमको कर्जा ८ अर्ब ८२ करोड ७१ लाख रुपैयाँमा सीमित रहेको छ। यद्यपि साना लगानीकर्ताको कर्जा वृद्धिदर तुलनात्मक रूपमा कम भए पनि निरन्तर वृद्धि हुँदै गएको देखिन्छ।

    राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत शेयर धितो कर्जामा लचिलो नीति अपनाउनु र बैंकहरूले यसलाई सुरक्षित लगानीका रूपमा प्राथमिकता दिनुले कर्जा प्रवाह बढ्न सहयोग पुगेको हो। साथै, बजारमा प्राविधिक सुधार र ब्याजदर अझै घट्ने अपेक्षाले आगामी दिनमा कर्जाको माग थप बढ्न सक्ने अनुमान गरिएको छ।

    तर, विज्ञहरूले कर्जाको ठूलो हिस्सा ठूला लगानीकर्तामा केन्द्रित रहनु साना लगानीकर्ताका लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएका छन्। बजारमा सहभागिता बढे पनि लगानी गर्दा जोखिम व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ।

    समग्रमा, पछिल्लो तथ्यांकले नेपाली शेयर बजारमा साना तथा मध्यम लगानीकर्ताको सहभागिता क्रमशः बढ्दै गएको देखाए पनि ठूला लगानीकर्ताको प्रभाव अझै कायम रहेको संकेत गरेको छ।

    In recent months, Nepal’s stock market has witnessed a notable increase in the participation of small and mid-level investors. According to data published by Nepal Rastra Bank for the first six months of fiscal year 2082/83, share-backed loans ranging from NPR 2.5 million to NPR 10 million have recorded the highest growth rates.

    The central bank’s statistics show that loans between NPR 5 million and NPR 10 million increased by 12.8 percent, loans between NPR 2.5 million and NPR 5 million rose by 10.3 percent, and loans below NPR 2.5 million grew by 7.9 percent. This trend indicates growing interest and involvement of small and medium investors in the capital market.

    Easy liquidity in the banking system and declining interest rates, now mostly in single digits, have encouraged investors to borrow from banks and invest in shares. Analysts say this has helped boost market turnover and improve overall market activity.

    As of mid-January (Poush-end), the total amount of share-backed loans provided by banks and financial institutions reached NPR 152.40 billion, representing an 8.3 percent increase compared to mid-July. In the past six months alone, such loans have grown by NPR 11.70 billion.

    Despite the rising activity of small and medium investors, large investors continue to hold a strong grip on the market. Loans exceeding NPR 10 million have reached NPR 106.11 billion, accounting for more than 70 percent of total margin lending. This category recorded a 7.3 percent increase, equivalent to NPR 7.18 billion, in the last six months.

    In the mid-level segment, loans between NPR 5 million and NPR 10 million rose to NPR 18.07 billion, with an increase of NPR 2.04 billion in the recent period. This group has shown the highest growth rate among all categories.

    Similarly, loans between NPR 2.5 million and NPR 5 million reached NPR 19.38 billion, while loans below NPR 2.5 million stood at NPR 8.82 billion. Although growth in the smallest segment remains relatively lower, the continuous rise reflects increasing access and participation of the general public in the stock market.

    The central bank’s flexible policy on margin lending under its monetary policy review and banks’ preference for share loans as relatively secure investments have supported this growth. Furthermore, expectations of further interest rate reductions and technical improvements in the market are likely to increase demand for such loans in the coming months.

    However, experts have warned that the concentration of a large portion of credit among major investors may expose small investors to higher risks. They stress the importance of proper risk management and informed investment decisions.

    Overall, recent data suggests that while small and medium investors are gradually strengthening their presence in Nepal’s stock market, large investors continue to dominate, maintaining significant influence over market movements.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026