NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. River Falls Power Extends Rights Share Application Deadline Until Ashoj 26
    रिभर फल्स पावरको हकप्रद शेयरमा आवेदन अवधि असोज २६ सम्म थप
    Investor
    1 min read
    Published on September 28, 2025
    NEPSE TRADING

    रिभर फल्स पावरको हकप्रद शेयरमा आवेदन अवधि असोज २६ सम्म थपRiver Falls Power Extends Rights Share Application Deadline Until Ashoj 26

    रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले जानकारी गराएअनुसार अब यस हकप्रदमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ।

    कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले प्रति शेयर रु १०० अंकित मूल्यका ७० लाख कित्ता, अर्थात ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरिरहेको छ।

    हकप्रद प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगञ्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत पनि आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत, तथा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

    हकप्रद शेयरमार्फत संकलन हुने रकम कम्पनीले डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी लगायत अनियन्त्रित कारणले आयोजनाको लागत वृद्धि भई थपिएको बैंक ऋण भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ।

    River Falls Power Limited has extended the deadline for its 100% rights share issuance, which opened on Bhadra 23. Investors can now apply until Ashoj 26.

    The company is issuing rights shares at the ratio of 1:1, meaning one new share for every one existing share. In total, the company is offering 7 million rights shares at a par value of NPR 100 per share, amounting to NPR 700 million.

    For this rights offering, the company had set its book closure date on Shrawan 26. Therefore, only shareholders who held shares traded on NEPSE up to Shrawan 25 are eligible to apply.

    Prabhu Capital Limited is the issue and sales manager for the rights shares. Applications can be submitted through Prabhu Capital, as well as selected branches of Prabhu Bank in Besisahar (Lamjung), Pokhara, Birgunj, Ilam, Butwal, Surkhet, and Dhangadhi. In addition, investors can apply via banks and financial institutions participating in the C-ASBA system, and also online through Mero Share.

    Currently, the company’s paid-up capital stands at NPR 700 million. After the rights issuance and allotment, the paid-up capital will reach NPR 1.4 billion.

    The funds raised from the rights issue will be used to repay bank loans taken for the project, which increased due to cost overruns caused by the devastating flood in the Down Piluwa River and other uncontrollable factors.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026