·

रिभर फल्स पावर लिमिटेडका अवितरित हकप्रद शेयर बाँडफाँड, कट–अफ मूल्य रु ३१८.१० निर्धारण

Author

NEPSE TRADING

रिभर फल्स पावर लिमिटेडका अवितरित हकप्रद शेयर बाँडफाँड, कट–अफ मूल्य रु ३१८.१० निर्धारण

रिभर फल्स पावर लिमिटेडले अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्रमार्फत बिक्री प्रक्रिया सम्पन्न गरी १० लाख ३८ हजार ९२४ कित्ता शेयरको बाँडफाँड गरेको छ। कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्दा सोही संख्याका शेयरका लागि आवेदन नपरेपछि उक्त शेयरहरूलाई बोलकबोल (अक्शन) मार्फत बिक्रीमा ल्याइएको थियो।

शिलबन्दी बोलपत्र खोली बाँडफाँडको निर्णय

कम्पनीले २०७४ को धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार २०८२ मंसिर ८ गते प्राप्त शिलबन्दी बोलपत्रहरू खोलेर आवश्यक मूल्याङ्कन गरेको थियो। मूल्याङ्कनपछि निवेदकहरूको विवरण निष्काशनकर्ता कम्पनी प्रभु क्यापिटल लिमिटेड को सञ्चालक समितिमा पेश गरिएकामा, समितिले मंसिर १४ गतेका दिन बाँडफाँडको निर्णय गरेको हो।

कट–अफ मूल्य रु ३१८.१०

शेयर बाँडफाँडका लागि कट–अफ मूल्य (Cut–off Price) रु ३१८.१० निर्धारण गरिएको छ।
उक्त मूल्य वा सोभन्दा माथिको मूल्य प्रस्ताव गर्ने आवेदकलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

नपरेको रकम फिर्ता भुक्तानी मंसिर १५ देखि

शेयर नपरेका आवेदकहरूको रकम मंसिर १५ गतेदेखि उनीहरूले आवेदन फाराममा उल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा IPS मार्फत फिर्ता गरिनेछ।
यदि रकम खातामा नजम्मा भएको देखिएमा प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Related News