
(RNLI) रिलायबल नेपाल लाइफको ८औं साधारण सभा असार २ गते, १२% बोनस र ०.६३% नगद लाभांश प्रस्तावRNLI Calls 8th AGM to Approve 12% Bonus Shares and 0.63% Cash Dividend
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (RNLI) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नका लागि आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा असार २ गते बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा हुने छ।
सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, सभा मार्फत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
Reliable Nepal Life Insurance Limited (RNLI) has called its 8th Annual General Meeting (AGM) to endorse the proposed dividend distribution from the profits of the previous fiscal year. The meeting is scheduled to take place on Ashadh 2 at Amrapali Banquet, Bhatbhateni, Kathmandu, starting at 11 AM.
The AGM will pass a special resolution to distribute a 12% bonus share and a 0.63% cash dividend for tax purposes based on the current paid-up capital. Additionally, the meeting will approve other proposals such as authorizing the Board of Directors to amend the Memorandum and Articles of Association and appoint an auditor.
For the purpose of the AGM and dividend distribution, the company has declared a book closure on Jestha 26. Hence, shareholders who hold shares until Jestha 25 will be eligible to attend the AGM and receive the announced dividend.




