
चितवनमा ‘रोड टु IPO & क्रेडिट रेटिङ’ कार्यक्रम सम्पन्न“Road to IPO & Credit Rating” Program Concludes Successfully in Chitwan
नेपालिज यंग इन्ट्रप्रेन्योरस् फोरम (NYEF) चितवनले आयोजना गरेको ‘रोड टु IPO & क्रेडिट रेटिङ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमलाई NIMB एस क्यापिटल, पायोनियर ल फर्म र केयरएज रेटिङ्सले सहयोग गरेको थियो। उक्त कार्यक्रमको उद्देश्य उद्यमीहरूलाई आईपीओ निष्कासन प्रक्रिया, क्रेडिट रेटिङ आवश्यकताहरू तथा वित्तीय साक्षरताबारे मार्गदर्शन गर्नु थियो।
कार्यक्रमको उद्घाटन गर्दै NYEF चितवनका अध्यक्ष F.C.A. निशान पौडेलले युवा उद्यमीहरूको क्षमता विकासका यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण भएको बताए।
NIMB एस क्यापिटलका डेपुटी सीईओ सचिन्द्र ढुंगानाले ‘IPO Preparedness’ विषयमा विस्तृत प्राविधिक कार्यशाला सञ्चालन गरे। उनले रणनीतिक योजना, नेपालमा IPO बजारको वर्तमान अवस्था, कम्पनीहरूले गर्ने सामान्य कमजोरी र सफल सार्वजनिक निष्कासनका आवश्यक तयारीबारे प्रस्तुति दिए।
पायोनियर ल फर्मका म्यानेजिङ पार्टनर अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनसँग सम्बन्धित कानुनी प्रावधान, नियामकीय प्रक्रिया र अनिवार्य अनुपालनबारे विस्तृत जानकारी दिए।
त्यसैगरी CareEdge Ratings Nepal का CEO आनन्द प्रकाश झाले वित्तीय सुदृढता, सुशासन, जोखिम व्यवस्थापन र पारदर्शिताले क्रेडिट रेटिङमा कसरी प्रभाव पार्छ भन्नेबारे व्याख्या प्रस्तुत गरे।
कार्यक्रमले चितवनका उद्यमीहरूलाई पूँजी बजार प्रवेश, कम्पनी रूपान्तरण, नियम–कानुन तथा जोखिम व्यवस्थापनबारे महत्वपूर्ण ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ।
The “Road to IPO & Credit Rating” program, organized by the Nepalese Young Entrepreneurs Forum (NYEF) Chitwan, concluded successfully with support from NIMB Ace Capital, Pioneer Law Firm, and CareEdge Ratings. The event aimed to guide entrepreneurs through the IPO issuance process, credit rating requirements, and enhance overall financial literacy.
Welcoming the participants, NYEF Chitwan President F.C.A. Nishan Paudel emphasized the importance of capacity-building initiatives for young entrepreneurs.
Sachindra Dhungana, Deputy CEO of NIMB Ace Capital, conducted a detailed workshop on IPO preparedness, strategic planning, Nepal’s IPO market outlook, and common mistakes companies make during the process.
Anup Raj Upreti, Managing Partner of Pioneer Law Firm, explained the key legal provisions, regulatory mechanisms, and compliance requirements necessary for public issuance.
Similarly, Anand Prakash Jha, CEO of CareEdge Ratings Nepal, presented insights on how financial strength, good governance, risk management, and transparency influence credit ratings.
According to the organizers, the program provided valuable knowledge to Chitwan-based entrepreneurs on capital market entry, company structuring, regulatory compliance, and risk management.




