·

घुन्सा खोला जलविद्युत् आयोजनाका लागि रु १२ अर्ब ७० करोड लगानी जुट्यो

Author

Nepse trading

घुन्सा खोला जलविद्युत् आयोजनाका लागि रु १२ अर्ब ७० करोड लगानी जुट्यो

घुन्सा खोला जलविद्युत् आयोजनाका लागि रु १२ अर्ब ७० करोड लगानी जुट्यो

७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाका लागि बहुपक्षीय ऋण सम्झौता सम्पन्न भएको छ। रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा लक्ष्मी सनराइज बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी, नागरिक लगानी कोष, माछापुच्छ्रे बैंक, र एभरेष्ट बैंकलगायतले रु १२ अर्ब ७० करोड लगानी गर्नेछन्।

आयोजनामा ५१ प्रतिशत स्वपूँजी लगानी नेपाल विद्युत् प्राधिकरणलगायत संस्थाहरूको रहेको छ भने ४९ प्रतिशत जनताको लागि छुट्याइएको छ। यसमध्ये २९ प्रतिशत शेयर वैदेशिक रोजगारमा गएका नेपाली नागरिक, १० प्रतिशत स्थानीयवासी र १० प्रतिशत सर्वसाधारणका लागि सुरक्षित गरिएको छ।

चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।

Related News