NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. RSDC Laghubitta to Hold 12th AGM in Butwal on November 28; 8.27% Cash Dividend Proposed
    आरएसडिसी लघुवित्तको बाह्रौं साधारण सभा मंसिर १२ गते बुटवलमा
    Top
    1 min read
    Published on November 3, 2025
    NEPSE trading

    आरएसडिसी लघुवित्तको बाह्रौं साधारण सभा मंसिर १२ गते बुटवलमाRSDC Laghubitta to Hold 12th AGM in Butwal on November 28; 8.27% Cash Dividend Proposed

    आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बाह्रौं वार्षिक साधारण सभा आगामी मंसिर १२ गते शुक्रबार (तद्नुसार नोभेम्बर २८, २०२५) मा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको मिति २०८२ कात्तिक १५ गते बसेको १७७औं बैठकको निर्णयानुसार उक्त सभा बुटवलस्थित वेष्टर्न एसियन होटल प्रा. लि. मा बिहान ९:३० बजेदेखि सुरु हुनेछ।

    सभाले मुख्यतः आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक आर्थिक विवरणहरू (बासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण) उपर छलफल गरी पारित गर्नेछ। यसका साथै सभाले चुक्ता पूँजीको प्रतिशतले हुन आउने रु. ८,२७,२५,१५३.३६ (आठ करोड सत्ताईस लाख पच्चिस हजार एक सय त्रिपन्न रुपैयाँ र पैसा छत्तीस पैसा) नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ।

    सभाका लागि कम्पनीले कात्तिक २५ गते एक दिनका लागि शेयर दाखिल खारेज (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ। यसर्थ, कात्तिक २४ गतेसम्म शेयर खरिद बिक्री गरी कायम हुने शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    साधारण सभामा छलफल गरिने विशेष प्रस्तावहरूमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्तावसमेत रहेको छ। कम्पनी ऐन २०६३ को दफा १११(३) बमोजिम बहालवाला लेखापरीक्षक श्री पि. एल. आर. जि. एसोसिएट्स चार्टर्ड एकाउण्टेण्ट्स पुनर्नियुक्त हुन योग्य छन्।

    सबैभन्दा महत्त्वपूर्ण विशेष प्रस्तावका रूपमा यस वित्तीय संस्थालाई अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ। यसमा मर्जर समिति गठन गर्ने, डी.डी.ए. (विस्तृत लेखा परीक्षण) नियुक्त गर्ने र मर्जर तथा प्राप्तिको सन्दर्भमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा अनुमोदनका लागि पेश गरिनेछ। कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

    RSDC Laghubitta Bittiya Sanstha Limited has announced that its 12th Annual General Meeting (AGM) will be held on Friday, November 28, 2025 (Mangsir 12, 2082). The decision was made during the 177th meeting of the Board of Directors held on October 31, 2025 (Kartik 15, 2082). The AGM will take place at Western Asian Hotel Pvt. Ltd. in Butwal, Rupandehi, starting at 9:30 AM.

    The primary agenda of the meeting is to discuss and approve the 8.27% cash dividend proposed by the Board of Directors. This dividend, amounting to Rs. 82,725,153.36 (including the tax amount), will be distributed to shareholders from the profits of the fiscal year 2081/82. Additionally, the AGM will review and pass the annual reports of the Board of Directors, the auditor's report, and the complete financial statements for the fiscal year 2081/82.

    A crucial item on the agenda involves granting the Board of Directors the authority to initiate merger or acquisition proceedings with any other suitable bank or financial institution. This special resolution includes authorizing the formation of a Merger Committee, appointing a Due Diligence Audit (DDA) team, fixing their remuneration, and undertaking all necessary steps to facilitate a potential merger or acquisition.

    Furthermore, the AGM will approve the appointment of the external auditor for the fiscal year 2082/83 and fix their remuneration. The incumbent auditor, Shree P. L. R. G. Associates Chartered Accountants, is eligible for reappointment under Section 111(3) of the Companies Act, 2063.

    For the purpose of the AGM and dividend distribution, the company has set the book closure date for Kartik 25, 2082 (approximately November 11, 2025). Therefore, only shareholders who have traded and maintained ownership of the shares in NEPSE until Kartik 24, 2082 will be eligible to participate in the AGM and receive the proposed cash dividend. The share registrar for the company is Global IME Capital Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026