NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. RSDC Laghubitta’s Profit Drops by 19% as Net Interest Income Declines
    खुद ब्याज आम्दानी घट्दा आरएसडिसी लघुवित्तको नाफा करिब २० प्रतिशतले घट्यो
    Investor
    1 min read
    Published on November 3, 2025
    NEPSE trading

    खुद ब्याज आम्दानी घट्दा आरएसडिसी लघुवित्तको नाफा करिब २० प्रतिशतले घट्योRSDC Laghubitta’s Profit Drops by 19% as Net Interest Income Declines

    आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.१२ प्रतिशतले घटेको देखिएको छ। पहिलो तीन महिनाको अवधिमा लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ६० लाख रुपैयाँ रहेको थियो।

    नाफामा आएको कमीको मुख्य कारण लघुवित्तको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी मा आएको उल्लेख्य गिरावट हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.०४ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानीमा ४१.२८ प्रतिशतको ठूलो गिरावट आएको छ। यी प्रमुख आम्दानीका स्रोतहरू खुम्चिएसँगै लघुवित्तको कुल सञ्चालन आम्दानी ३०.६१ प्रतिशत र सञ्चालन मुनाफा १९.१२ प्रतिशतले प्रभावित भएको छ।

    नाफा घट्नुका साथै लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) समेतमा ह्रास आएको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८९ पैसाले घटेर ८ रुपैयाँ १६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ९ करोड ९३ लाख रुपैयाँ रहेको छ, जसका आधारमा वितरणयोग्य प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ४३ पैसा कायम भएको छ।

    पूँजीगत अवस्थातर्फ, १ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित रहेको छ। यसैगरी, असोज मसान्तसम्ममा लघुवित्तले ५ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ भने पूँजी कोष अनुपात २१.५७ प्रतिशत र निष्क्रिय कर्जा (NPL) ४.४४ प्रतिशत रहेको छ।

    RSDC Laghubitta Bittiya Sanstha Limited (RSDC) has published its unaudited financial statement for the first quarter of the current fiscal year (FY 2082/83). The report indicates a significant decline in net profit, which fell by 19.12 percent compared to the same period in the previous fiscal year.

    The microfinance institution reported a net profit of Rs. 21.10 million for the first three months of the current FY, down from Rs. 26.09 million earned during the corresponding period of the last FY. The decline in net profit is primarily attributed to a sharp decrease in both Net Interest Income and Net Fee and Commission Income.

    During the review period, the company's Net Interest Income dropped by 30.04 percent, while Net Fee and Commission Income saw a massive decline of 41.28 percent. Consequently, the Total Operating Income fell by 30.61 percent, and Operating Profit decreased by 19.12 percent.

    Following the dip in profit, the company’s Earnings Per Share (EPS) also fell by Rs. 2.89, settling at Rs. 8.16. As of Ashoj end (Mid-October), the company’s Price-to-Earnings (PE) ratio stood at 73.06 times, and the Net Worth Per Share was recorded at Rs. 128.04.

    Despite the drop in net profit, the microfinance company has a solid base. As of the end of the first quarter, the company’s distributable profit stood at Rs. 99.35 million, translating to a Distributable EPS of Rs. 38.43.

    RSDC Laghubitta, which has a paid-up capital of Rs. 1.03 billion, holds a reserve and surplus of Rs. 289.96 million. The company managed to extend loans and advances worth Rs. 5.57 billion during the three-month period, financed by deposits and borrowings amounting to Rs. 5.15 billion. The Capital Fund to Risk Weighted Assets (RWA) ratio is 21.57 percent, and the Non-Performing Loan (NPL) ratio is 4.44 percent.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026