सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया आरम्भ गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदको लागि आवेदन दिनुपर्ने जानकारी गराएको छ।
इच्छुक संस्थापक सेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा पुगेर आफुले के कति सेयर किन्न चाहेको हो भन्ने जानकारीसहित लिखित रुपमा आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम म्याद आज (जेठ १३ गते) बाट गणना हुने गरी ३५ दिनको समय तोकिएको छ।
कम्पनीले स्पष्ट पारेको छ कि तोकिएको समयभित्र कुनै संस्थापक सेयरधनीले सेयर खरिद नगरेमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिनेछ।





