·
साहस ऊर्जालाई हकप्रद शेयरका लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति
Author
NEPSE TRADING

काठमाडौं । साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ। जलविद्युत कम्पनीहरूले हकप्रद शेयर जारी गर्नुअघि आयोगबाट अनुमति लिनुपर्ने व्यवस्थाअनुसार कम्पनीले निवेदन दिएको थियो।कम्पनीले चैत ९ गते चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै आवेदन दिएको थियो। सो निवेदनमाथि अध्ययनपछि चैत १२ गते बसेको आयोगको बैठकले प्रस्तावित अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो।आयोगबाट पूर्व स्वीकृति प्राप्त भएसँगै कम्पनीले अब अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको छ। धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाउनेछ।यसपछि कम्पनीले बुक क्लोज मिति तय गरी योग्य शेयरधनी पहिचान गर्ने र त्यसपछि हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको यस कदमलाई पूँजी विस्तार तथा आगामी आयोजना व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउने प्रयासका रूपमा हेरिएको छ।



