·

सलापा विकास बैंकको आईपीओ पुस १६ गतेदेखि खुल्ने

Author

NEPSE TRADING

सलापा विकास बैंकको आईपीओ पुस १६ गतेदेखि खुल्ने

काठमाडौं । Salapa Bikas Bank Limited ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नका लागि अफर लेटर प्रकाशित गरेको छ।

बैंकले पुस १६ गतेदेखि पुस २० गते, २०८२ सम्म सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। यस अवधिभित्र योग्य आवेदकहरूले आईपीओमा आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनसम्बन्धी विस्तृत विवरण, आवेदन प्रक्रिया तथा अन्य सर्तहरू अफर लेटरमा उल्लेख गरिएको बैंकले जनाएको छ। निर्धारित समयभित्र प्राप्त आवेदनका आधारमा शेयर बाँडफाँट गरिनेछ।

सलापा विकास बैंकले पूँजी संरचना सुदृढ बनाउने र बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ आईपीओ निष्कासन गर्न लागेको जनाएको छ।

Related News