समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ। लघुवित्तले मनकामना स्मार्ट लघुवित्त प्राप्त गरेपछि पूँजी संरचनामा संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत अनुपात कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो।
एफपीओ निष्काशन: लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्दैछ।
शेयर मूल्य: प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
आवेदन मिति: एफपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले कात्तिक १२ देखि २० गतेसम्म आवेदन दिन सक्नेछन्। यदि यो अवधिमा पर्याप्त आवेदन नपरेमा, निष्काशन अवधि कात्तिक २६ गतेसम्म लम्बिनेछ।
आवेदन प्रक्रिया: न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
रेटिङ्ग: इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
धितोपत्र बिक्री प्रबन्धक: मुक्तिनाथ क्यापिटल लिमिटेडले एफपीओ निष्काशनको व्यवस्थापन गर्नेछ।
आवेदन कहाँ गर्ने: लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
चुक्ता पूँजी: लघुवित्तको हालको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ, एफपीओ निष्काशनपछि चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।





