NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Samriddhi Finance and Pokhara Finance Agree on 1:1 Swap Ratio for Merger
    समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स मर्जरमा, स्वाप रेसियो १:१ तय
    Top
    1 min read
    Published on January 5, 2026
    NEPSE TRADING

    समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स मर्जरमा, स्वाप रेसियो १:१ तयSamriddhi Finance and Pokhara Finance Agree on 1:1 Swap Ratio for Merger

    समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडले मर्जरमा जान शेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) १:१ कायम गर्ने सहमति गरेका छन्। आइतबार बसेको दुवै संस्थाको सञ्चालक समिति बैठकले संयुक्त मर्जर समितिले सिफारिस गरेको उक्त स्वाप रेसियोलाई पारित गरेको हो। २०८२ साउन ४ गते मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका यी दुई फाइनान्स कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको विस्तृत मूल्याङ्कन (डीडीए) प्रतिवेदनका आधारमा बराबरी हैसियतमा एकीकृत कारोबार गर्ने निर्णय गरिएको हो। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ५१ करोड रुपैयाँभन्दा बढी छ। यसले करिब ११ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ र सो अवधिमा १ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, यद्यपि यसको खराब कर्जा (एनपीएल) ४.३४ प्रतिशत रहेको छ। अर्कोतर्फ, समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ र पछिल्लो त्रैमासमा ५० लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको समृद्धिको जगेडा कोष भने २६ करोड ९४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। बराबरी हैसियतमा मर्जरपछि बन्ने एकीकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ नाघ्ने अनुमान गरिएको छ, जसले पूँजीगत आधार थप बलियो बनाउनेछ। स्वाप रेसियो टुंगिएसँगै अब दुवै संस्थाले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने र साधारण सभाबाट प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउनेछन्।

    Samriddhi Finance Company Limited and Pokhara Finance Limited have agreed to move forward with a merger by fixing a 1:1 share swap ratio. The decision was approved by the board meetings of both companies held on Sunday, endorsing the recommendation made by the joint merger committee. The two finance companies had signed a Memorandum of Understanding for the merger on Shrawan 4, 2082 (BS), and based on the Detailed Due Diligence Assessment (DDA) report covering assets, liabilities, and business operations, they have agreed to merge on an equal footing. According to the unaudited first-quarter financial statements of FY 2081/82, Pokhara Finance has a paid-up capital of NPR 1.08 billion with reserves exceeding NPR 510 million. The company has mobilized deposits of around NPR 11.80 billion and extended loans worth NPR 9.65 billion, earning a net profit of NPR 18.4 million during the review period, although its non-performing loan (NPL) ratio stands at 4.34 percent. On the other hand, Samriddhi Finance has a paid-up capital of NPR 818.9 million and posted a net profit of NPR 5.056 million in the latest quarter. It has collected deposits of NPR 3.27 billion and disbursed loans of NPR 2.47 billion, while its reserve fund remains negative by NPR 269.4 million. Following the merger on an equal basis, the combined entity’s paid-up capital is expected to exceed NPR 1.90 billion, significantly strengthening its capital base. With the swap ratio finalized, both companies will now proceed to seek final approval from Nepal Rastra Bank and pass the merger proposal through their respective general meetings.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026