
सामसङ नेपालले ग्यालेक्सी Buds3 FE बजारमा ल्यायोSamsung Nepal Launches Galaxy Buds3 FE in the Market
सामसङ नेपालले आफ्नो नयाँ ट्रू–वायरलेस इयरबड्स “ग्यालेक्सी Buds3 FE” नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यसलाई आकर्षक डिजाइन र बुद्धिमानी प्रविधियुक्त इयरबड्सका रूपमा प्रस्तुत गर्दै फ्ल्यागशिप स्तरका सुविधाहरूलाई अझ बढी प्रयोगकर्तासम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ।
नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक “ब्लेड” डिजाइन सहितको Buds3 FE ले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनको नयाँ अध्याय सुरु गरेको सामसङले जनाएको छ। हाल यो इयरबड्स रु. १९,९९९ मा देशभरका सामसङ स्टोरहरूमा उपलब्ध छ।
ग्यालेक्सी Buds3 FE लाई शक्तिशाली ध्वनि, उत्कृष्ट मूल्य र परिष्कृत सुविधाहरू सहित इन्जिनियर गरिएको छ। यसमा ठूलो स्पिकर, उन्नत Active Noise Cancelling (ANC) र क्रिस्टल क्लियर कल टेक्नोलोजी जस्ता विशेषता समावेश छन्, जसले मेसिन लर्निङ प्रविधिबाट शोरयुक्त वातावरणमा पनि आवाजलाई स्पष्ट बनाउँछ।
त्यस्तै, Buds3 FE ले गहिरो ध्वनि र स्पष्ट संचार अनुभव प्रदान गर्छ। ग्यालेक्सी इकोसिस्टमसँग सहज एकीकरण हुने गरी डिजाइन गरिएको यो इयरबडले Auto Switch सुविधा मार्फत विभिन्न ग्यालेक्सी उपकरणहरूबीच छिटो स्विच गर्न अनुमति दिन्छ। साथै, एप–रहित नियन्त्रण र तीव्र कनेक्टिभिटीका कारण प्रयोगकर्ताले संगीत सुन्दा, कल गर्दा वा अन्तर्राष्ट्रिय यात्रामा समेत निरन्तर जोडिएको, केन्द्रित र नियन्त्रणमा रहेको अनुभव पाउने सामसङले जनाएको छ।
Samsung Nepal has officially launched its latest true wireless earbuds, Galaxy Buds3 FE, in the Nepali market. The company describes it as an attractive and intelligent audio device, designed to bring flagship-level features to a wider range of users.
Featuring the latest Galaxy AI integration and an iconic “Blade” design, the Buds3 FE marks the beginning of a new era of audio innovation within the Galaxy ecosystem. The earbuds are now available at Rs 19,999 across authorized Samsung stores in Nepal.
The Galaxy Buds3 FE are engineered to deliver powerful sound, refined functionality, and great value. They come equipped with a larger speaker, advanced Active Noise Cancelling (ANC), and Crystal Clear Call technology, which uses machine learning to isolate the user’s voice even in noisy environments, ensuring clear communication and deep, balanced audio.
Designed for seamless integration with the Galaxy ecosystem, the Buds3 FE support Auto Switch, allowing users to instantly switch between Galaxy devices. With app-free controls and fast connectivity, users can enjoy uninterrupted music, crystal-clear calls, and effortless control — whether at home, at work, or while traveling internationally, staying connected, focused, and in control at all times.




