NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sanigad Hydro's IPO Opens Today; General Public to Receive 4.6 Million Units
    सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणले ४६ लाख कित्ता पाउने
    Investor
    1 min read
    Published on June 1, 2026
    NEPSE TRADING

    सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणले ४६ लाख कित्ता पाउनेSanigad Hydro's IPO Opens Today; General Public to Receive 4.6 Million Units

    काठमाडौँ — सानिगाड हाइड्रो लिमिटेडले आजदेखि (जेठ १८ गते, सोमबार) सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सकिएपछि अब सर्वसाधारणका लागि बाँकी कित्ता सार्वजनिक भएको हो।

    कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये स्थानीयबासीका लागि २८ लाख ५० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता, कर्मचारीका लागि १ लाख ७१ हजार कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ८५ हजार कित्ता पहिल्यै बाँडफाँट भइसकेको छ। अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ७४ हजार कित्ता अर्थात् ४६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर खुला गरिएको छ।

    लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा जेठ २१ र ढिलोमा असार १ गते बन्द हुनेछ। इक्रा नेपालले कम्पनीलाई 'डबल बी माइनस' इस्युअर रेटिङ दिएको छ, जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

    कम्पनीले सञ्चालन गरेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ, जसमा प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ पर्छ। आयोजनाको विद्युत् अनुमतिपत्र थप २५ वर्ष ३ महिना बाँकी छ भने साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष रहेको छ।

    शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सी-आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।

    Kathmandu — Sanigad Hydro Limited has opened its IPO issuance and sale to the general public starting today (Jestha 18, Monday). After completing the allotment of shares set aside for local residents of the project-affected area and Nepalis working abroad, the remaining units have now been made available to the general public.

    The company had received approval to issue 8.55 million units of shares worth Rs 855 million — 30 percent of its issued capital of Rs 2.85 billion. Of these, 2.85 million units have already been allotted to local residents, 570,000 units to Nepalis in foreign employment, 171,000 units to company staff, and 285,000 units to collective investment funds. Now, 4.674 million units worth Rs 467.4 million, at Rs 100 per unit, have been opened for the general public.

    Investors can apply for a minimum of 10 units and a maximum of 20,000 units. The issuance will close on Jestha 21 at the earliest and Asar 1 at the latest. ICRA Nepal has assigned the company a "Double B Minus" issuer rating, indicating a moderate level of risk in its ability to meet financial obligations.

    The 38.46 MW Upper Kalangagad Hydropower Project operated by the company has a total cost of Rs 8.687 billion, with a per-megawatt cost of Rs 225.8 million. The project's power generation licence has 25 years and 3 months remaining, while the simple payback period for investment stands at 8.25 years.

    Laxmi Sunrise Capital Limited is serving as the issue and sales manager. Members of the general public can apply through the C-ASBA system via ASBA-participating banks and financial institutions and their designated branches.


    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026