सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच १५ मिलियन डलरको व्यापार ऋण सम्झौता
Author
Nepse trading

सानिमा बैंक लिमिटेड (SANIMA) र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त ऋण जलविद्युत् आयोजनाहरूको निर्माणमा आवश्यक हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ। सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस साझेदारीले नेपालकाे उर्जा आवश्यकतामा सहयोग गर्दै दिगो उर्जा स्रोतहरूको परिचालनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।