·

सानिमा बैंक २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश, वार्षिकोत्सव भव्यरूपमा सम्पन्न

Author

NEPSE TRADING

सानिमा बैंक २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश, वार्षिकोत्सव भव्यरूपमा सम्पन्न

सानिमा बैंक लिमिटेडले आफ्नो स्थापना भएको २१ वर्ष पूरा गर्दै २२ औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ। दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, विश्वास तथा दिगो बैंकिङ्ग अभ्यासमार्फत देशभर सबल पहिचान बनाउन सफल बैंकले आफ्नो सफल यात्राप्रति गर्व व्यक्त गरेको छ।

वार्षिकोत्सव कार्यक्रम बैंकको प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंकलाई आजको उचाईसम्म पुर्याउन सहयोग गर्ने कर्मचारी, ग्राहक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरे। उनले बैंकको आगामी लक्ष्यहरू प्राप्त गर्न सबै कर्मचारीलाई सामूहिक प्रयाससहित अघि बढ्न प्रोत्साहन गरे।

विगत २१ वर्षमा सानिमा बैंकले देशभर सेवा विस्तार गर्दै उल्लेखनीय वृद्धि गरेको छ। हाल बैंकले सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ वटा ए.टि.एम.मार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो बैंकिङ्ग यात्राभर साथ र विश्वास प्रदान गर्ने सबै ग्राहक तथा सरोकारवालालाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

Related News