·

सनिमा बैंकको ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्ताव

Author

NEPSE TRADING

सनिमा बैंकको ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्ताव

सनिमा बैंक लिमिटेड (SANIMA) ले आर्थिक वर्ष २०८१/८२ का लागि ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले करसहित नगद लाभांश प्रस्ताव गरेको हो।

यस अनुसार बैंकले करिव १ अर्ब रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। हाल बैंकको चुक्ता पुँजी १३.५८ अर्ब रुपैयाँ रहेको छ।

सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक (NRB) बाट स्वीकृति प्राप्त भएपछि वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

Related News