सानिमा बैंक लिमिटेड तथा सानिमा क्यापिटल लिमिटेड मार्फत हितग्राही खाता [DEMAT Account] खोल्नु भएका सम्पूर्ण हितग्राही खातावालाहरुलाई वार्षिक संचालन शुल्क बुझाउने बारे अत्यन्त जरुरी सूचना ।
यस सानिमा बैंक लिमिटेडको शाखा कार्यालयहरु तथा सानिमा क्यापिटल लिमिटेड मार्फत हितग्राही खाता खोली धितोपत्र कारोबार गरिरहनु भएका सम्पूर्ण हितग्राही खातावालाहरुलाई धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/८३ सम्ममा खाता संचालन गर्नु हुने सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आ.व. को वार्षिक संचालन शुल्क बापत बुझाउनु पर्ने रकम रु. १००/- (अक्षेरुपी एक सय मात्र) बुझाउन बाँकी हितग्राही खातावालाहरुले तल उल्लेखित मध्ये कुनै एक माध्यमबाट भुक्तानी गरी आफ्नो हितग्राही खाता सुचारु राख्नुहुन यसै सूचना मार्फत अनुरोध गर्दछौं ।
१. हितग्राही खाताको वार्षिक संचालन शुल्क जम्मा गर्ने खाताको विवरण (नगद भुक्तानी गर्नेहरुका लागि मात्र) :
बैंकको नाम : सानिमा बैंक लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौ ।
खाताको नाम : DP A/C Maintenance Fee
खाता नम्बर : ०१३५२१५००११
संचालन शुल्क : रु. १००/- (अक्षेरुपी एक सय मात्र)
जम्मा गर्नेको विवरण : सम्बन्धित हितग्राहीको पूरा नाम, थर, हितग्राही खाता नम्बर तथा आर्थिक वर्षहरु
२. मेरो शेयर (Mero Share) प्रोफाइल मार्फत eSewa/Khalti by IME/ Connect IPS लगायतका अनलाइन माध्यमहरुको समेत प्रयोग गरी आवश्यक शुल्क भुक्तानी गरी हितग्राही खाताको नविकरण गर्न सकिनेछ ।
आ.व. २०८२/८३ सम्ममा खाता संचालन गर्नु हुने हितग्राही खातावालाहरुले यहि मिति २०८३ आषाढ मसान्त भित्र वार्षिक संचालन शुल्कहरु बुझाई आफ्नो हितग्राही खाता सुचारु राख्नु हुन अनुरोध छ । अन्यथा उक्त मिति पश्चात संचालन शुल्क नबुझाउनु हुने हितग्राही खातावालाहरुको खाता (DEMAT Account) संचालन शुल्क नबुझाएसम्म नियम अनुसार System बाट Freeze भएर रहनेछ । साथै Freeze भएको DEMAT Account मा रहेका शेयरहरु बिक्री गर्दा राफसाफ तथा फछ्र्योट नहुने साथै सार्वजनिक निष्काशनको शेयरमा समेत आवेदन दिन नमिल्ने भएकोले सो को जिम्मेवार हितग्राही खातावाला स्वयं हुनुपर्ने व्यहोरा समेत जानकारी गराउँदछौं ।
मेरो शेयरको (Mero Share) भुक्तानी सम्बन्धमा :
मेरो शेयर (Mero Share) सेवा लिइरहनु भएका हितग्राही खातावालाहरुले सो सेवा संचालनमा आएको एक वर्षको अवधि भित्र नविकरण गरि सक्नुपर्ने र सो समयावधि भित्र नविकरण नभएमा उक्त सेवा स्वतः बन्द हुने भएको हुँदा वार्षिक संचालन शुल्क जम्मा गर्ने समयमा नै उक्त सेवाको शुल्क समेत तल उल्लेखित मध्ये कुनै एक माध्यमबाट भुक्तानी गरी नविकरण गर्न सक्नु हुनेछ ।
१. मेरो शेयरको (Mero Share) नविकरण शुल्क जम्मा गर्ने खाताको विवरण (नगद भुक्तानी गर्नेहरुका लागि मात्र) :
बैंकको नाम : सानिमा बैंक लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौ ।
खाताको नाम : Mero Share Application Charge
खाता नम्बर : ०१३५२१५०००४
संचालन शुल्क : रु. ५०/- (अक्षेरुपी पचास मात्र)
जम्मा गर्नेको विवरण : सम्बन्धित हितग्राहीको पूरा नाम, थर तथा हितग्राही खाता नम्बर ।
२. eSewa/Khalti by IME/ Connect IPS लगायतका अनलाइन माध्यमहरुको समेत प्रयोग गरी आवश्यक शुल्क भुक्तानी गरी मेरो शेयर (Mero Share) खाताको नविकरण गर्न सकिनेछ ।
पुनश्चः
१. सानिमा बैंकमा बैंक खाता रहेका हितग्राहीहरुको सम्भव भएसम्म सोहि बैंक खाताबाट हितग्राही खाताको वार्षिक संचालन शुल्क कट्ठा गरिने व्यहोरा समेत यसै सूचना मार्फत सम्पूर्णमा अनुरोध गर्दछौं ।
२. माथि उल्लेखित बैंक खातामा नविकरण शुल्क जम्मा गर्दा हितग्राही खातावालाको नाम, थर, हितग्राही खाता नम्बर तथा कुन आर्थिक वर्षको शुल्क हो सो अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । उक्त विवरण पूरा नभई वा फरक परेमा सोको जिम्मेवार हितग्राही खातावाला स्वयं हुनेछ ।
थप जानकारीको लागि सानिमा बैंक लिमिटेडको नजिकैको शाखा कार्यालय वा सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।




