·

सानिमा बैंकको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा, इच्छुकलाई १५ दिनको समय

Author

NEPSE TRADING

सानिमा बैंकको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा, इच्छुकलाई १५ दिनको समय

काठमाडौं, असोज २८ — सानिमा बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्ना नाममा कायम रहेको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रस्ताव गरेका छन्। बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी, योग्य व्यक्ति वा संस्थाहरूलाई आवेदन दिनका लागि १५ दिनको समयसीमा तोकेको छ।

बैंकले जानकारी दिएअनुसार, सो शेयरको न्यूनतम मूल्य प्रति शेयर रु. १४५ निर्धारण गरिएको छ। यसअघि बैंकले मिति २०८२ साल जेठ १४ गते ३५ दिने सूचना प्रकाशित गरी विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएको थियो। तर, उक्त अवधिभित्र कुनै आवेदन नपरेपछि अब अन्य इच्छुक संस्थापक शेयरधनी वा योग्य सर्वसाधारण/संस्थाका लागि यो सूचना सार्वजनिक गरिएको हो।

इच्छुकहरूले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गरी आवेदन दिन सक्नेछन्। आवेदन दिँदा नेपाल राष्ट्र बैंकले तोकेको Fit & Proper Test मापदण्ड र प्रचलित कानुनी प्रावधान अनुसारका प्रमाणपत्र तथा आवश्यक कागजातहरू संलग्न गर्नुपर्नेछ।

बैंकले जनाएको छ कि आवेदन न्यूनतम ५०,००० कित्ता शेयरका लागि गर्नुपर्नेछ।

सानिमा बैंकका अनुसार, समयसीमा भित्र प्राप्त आवेदनको मूल्यांकन गरी नियमनकारी निकायको स्वीकृतिपछि अन्तिम खरिदकर्ता चयन गरिनेछ।

Related News