·
सानिमा क्यापिटलद्वारा सानिमा फ्लेक्सी फण्डको इकाई निष्काशन खुला
Author
Nepse trading

सानिमा क्यापिटलले आज (फागुन ६) देखि सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ। १ अर्ब रुपैयाँबराबरको १० करोड इकाईमध्ये प्रथम चरणमा ४ करोड इकाई बिक्री खुला गरिएको छ। यसमध्ये १.३ करोड इकाई सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी २.५ करोड इकाईमा लगानीकर्ताले आवेदन दिन सक्नेछन्। न्यूनतम १०० देखि ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदन फागुन ११ सम्म खुला रहनेछ, आवश्यक परे फागुन २० सम्म थपिनेछ। ‘मेरो शेयर’ तथा आस्बा सदस्य बैंकमार्फत आवेदन दिन सकिनेछ।