
सानिमा इक्विटी फण्ड २ आजदेखि बिक्री खुला, १० वर्षे बन्दमुखी योजनामा लगानीको अवसरSanima Equity Fund 2 Opens for Public Subscription from Today
काठमाडौं । सानिमा क्यापिटल लिमिटेड ले आज (वैशाख २४ गते) देखि “सानिमा इक्विटी फण्ड २” निष्काशन तथा बिक्री खुला गरेको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी म्युचुअल फण्ड योजना हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई बिक्रीमा ल्याएको हो। यसअनुसार योजनाको कुल आकार एक अर्ब रुपैयाँ बराबरको रहेको छ।
निष्काशन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ३० लाख इकाई अर्थात कुल बिक्री भएको इकाई संख्याको १३ प्रतिशत इकाई कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेड लाई सुरक्षित गरिएको छ। त्यसैगरी, २० लाख इकाई अर्थात २ प्रतिशत इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
फण्डको इकाई खरिदका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। तोकिएको अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ७ गतेसम्म लम्बिने जनाइएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।
उक्त फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
यस योजनाका लागि गरिएको रेटिङमा CARE Ratings Nepal ले कोष प्रवर्द्धकलाई “CARE-NP Single A Minus Issuer Rating” प्रदान गरेको छ भने ICRA Nepal ले योजना व्यवस्थापकलाई “ICRA NP AMC Quality 3 Plus” रेटिङ दिएको जनाएको छ।
Kathmandu — Sanima Capital Limited has opened the public issuance and sale of “Sanima Equity Fund 2” from today (May 7). Operated under Sanima Mutual Fund, the scheme is a 10-year closed-end mutual fund plan.
Under the scheme, the company is issuing 10 crore units worth Rs. 1 billion at a face value of Rs. 10 per unit.
Out of the total units being issued, a minimum of 1 crore 30 lakh units, equivalent to 13 percent of the total offering, has been reserved for the fund sponsor Sanima Bank Limited. Similarly, 20 lakh units, representing 2 percent of the total issue, have been reserved for the scheme manager, Sanima Capital Limited. The remaining 8 crore 50 lakh units will be available for the general public.
Investors can apply for the fund units until May 12. If the issue is not fully subscribed within the initial period, the deadline will be extended until May 20. Applicants must apply for a minimum of 100 units and can apply for up to 1 crore units.
Applications can be submitted through all C-ASBA member banks and financial institutions approved by the Securities Board of Nepal (SEBON) and their designated branch offices. Investors may also apply online through the Mero Share platform using the C-ASBA system.
Sanima Capital Limited has been appointed as the issue and sales manager of the fund.
In terms of ratings, CARE Ratings Nepal has assigned the fund sponsor a “CARE-NP Single A Minus Issuer Rating,” while ICRA Nepal has assigned the scheme manager an “ICRA NP AMC Quality 3 Plus” rating.




