·

सानिमा जिआईसी इन्स्योरेन्सले शेयरधनीका लागि बोनस शेयर र नगद लाभांश घोषणा

Author

NEPSETRADING

सानिमा जिआईसी इन्स्योरेन्सले शेयरधनीका लागि बोनस शेयर र नगद लाभांश घोषणा
सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड (SGIC) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

Related News