NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sanjen Hydropower Limited Reports Impressive Turnaround; Revenue Surges by 779%
    साञ्जेन जलविद्युत कम्पनीको नाफामा ठूलो सुधार, विद्युत बिक्री ७७९ प्रतिशतले बढ्यो
    Investor
    1 min read
    Published on November 11, 2025
    NEPSE TRADING

    साञ्जेन जलविद्युत कम्पनीको नाफामा ठूलो सुधार, विद्युत बिक्री ७७९ प्रतिशतले बढ्योSanjen Hydropower Limited Reports Impressive Turnaround; Revenue Surges by 779%

    साञ्जेन जलविद्युत कम्पनी लिमिटेड (SJCL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले विद्युत बिक्री आम्दानीमा उल्लेखनीय वृद्धि गर्दै नोक्सानी अवस्थाबाट नाफामा फर्किन सफल भएको छ।

    कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत बिक्रीमार्फत ५५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ६ करोड ३४ लाख रुपैयाँ आम्दानीको तुलनामा ७७९.४५ प्रतिशतले बढी हो। आम्दानी बढेसँगै कम्पनीले गत वर्षको सोही अवधिमा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेकोमा यस वर्ष सोही अवधिसम्ममा १५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ।

    कम्पनीका अनुसार यस नतिजा सुधारको मुख्य कारण ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना र साञ्जेन माथिल्लो जलविद्युत आयोजना दुवैबाट नियमित उत्पादन र विद्युत प्रवाह सुरु हुनु हो। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चिलिमे–त्रिशुली २२० के.भी. प्रसारण लाइन सञ्चालनमा आएपछि दुबै आयोजनाबाट उत्पादित विद्युत सोही लाइनमार्फत प्रवाह हुन थालेको हो, जसले विद्युत बिक्री आम्दानीमा ठूलो फड्को मार्न सहयोग पुर्‍याएको कम्पनीले बताएको छ।

    पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १६ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ५४ पैसा रहेको छ। कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E Ratio) १६.१२ गुणा रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ५२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको उल्लेख छ।

    Sanjen Hydropower Company Limited (SJCL) has published its unaudited financial report for the first quarter of the fiscal year 2082/83, revealing a significant improvement in performance and a strong recovery from losses to profit.

    According to the report, the company earned Rs. 55.79 crores from electricity sales during the first three months of the current fiscal year, marking an increase of 779.45% compared to the Rs. 6.34 crores earned during the same period last year. With this sharp rise in revenue, SJCL has moved from a loss of Rs. 5.49 crores in the same quarter last fiscal year to a net profit of Rs. 15.28 crores this year.

    The company attributed this remarkable improvement to the regular operation of its two projects — the 42.5 MW Sanjen Hydropower Project and the Sanjen Upper Hydropower Project. Following the completion of the Chilime–Trishuli 220 kV transmission line by the Nepal Electricity Authority, electricity generated from both projects is now transmitted through this line, significantly boosting electricity sales revenue.

    By the end of the first quarter, the company reported an earnings per share (EPS) of Rs. 16.75 and a net worth per share of Rs. 85.54. The price-to-earnings (P/E) ratio stood at 16.12 times. The company’s paid-up capital remains at Rs. 3.65 billion, while its reserve fund is still in the negative at Rs. 528.2 million.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026