NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Santosh Paudel says : The NEPSE market will soon cross 3,200 points; this is not the time ...
    सन्तोष पौडेल भन्छन्  : नेप्से छिट्टै ३२ सय विन्दु पार गर्छ, अहिले बेच्ने होइन कलेक्ट गर्ने समय हो
    Investor
    3 min read
    Published on October 11, 2025
    NEPSE TRADING

    सन्तोष पौडेल भन्छन् : नेप्से छिट्टै ३२ सय विन्दु पार गर्छ, अहिले बेच्ने होइन कलेक्ट गर्ने समय होSantosh Paudel says : The NEPSE market will soon cross 3,200 points; this is not the time to sell, but the time to collect

    नेपालको पूँजी बजारमा पछिल्ला केही वर्षयता युवाहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ। नयाँ पुस्ता लगानीका प्रविधि, विचार र विश्लेषणका दृष्टिले अनुभवी पुस्तालाई चुनौती दिँदै अघि बढिरहेको छ।
    त्यसै पंक्तिमा पर्दछन् — फास्ट लेन फण्ड इन्भेष्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)
    सन्तोष पौडेल।
    केवल २६ वर्षको उमेरमा उनी पोखरालाई आफ्नो कार्यथलो बनाउँदै विगत पाँच वर्षदेखि निरन्तर रूपमा शेयर बजारमा सक्रिय छन्। पौडेल ट्रेडिङभन्दा दीर्घकालीन लगानीमा विश्वास गर्छन् र बजारको आधारभूत तर्कमा अडिग छन्।

    नेप्से ट्रेडिङ डटकमका सम्पादक दिपेश घिमिरेले हालै उहाँसँग गरेको विस्तृत कुराकानी यहाँ प्रस्तुत गरिएको छ — जसमा बजारको वर्तमान अवस्था, आगामी सम्भावना, युवा पुस्ताको भूमिकादेखि व्यक्तिगत दृष्टिकोणसम्मका विषय समेटिएका छन्।

    १. अहिले बजारको स्थिति र आगामी सम्भावना तपाईं कसरी हेर्नुहुन्छ ?

    नेपालको शेयर बजार गत वर्षको तुलनामा अझै स्थिर देखिन्छ। जब अर्थमन्त्री विष्णु पौडेल नियुक्त भए, बजार १८ सय विन्दुबाट ३ हजार विन्दुसम्म पुगेको थियो। त्यो समय बजारमा आशा र उत्साह दुवै थियो।
    तर पछिल्ला महिनाहरूमा सरकार परिवर्तन र नीति अस्थिरताले बजार साइडवेज (sideways) भयो।
    अब भने नयाँ सरकारले ल्याउने नीति र राष्ट्र बैंकले जारी गरेका सकारात्मक सर्कुलरहरू बजारलाई फेरि बल प्रदान गर्ने अवस्थामा छन्।
    म देख्छु — तिहारसम्म बजार साइडवेज रहनेछ र त्यसपछि ३२ सय विन्दु नाघ्ने बलियो सम्भावना छ।

    २. ठ्याक्कै ३२ सय पुग्छ भनेर यति आत्मविश्वासका साथ भन्न सक्नुहुन्छ ?

    अवश्य भन्न सक्छु। बजार हरेक पटक चक्रमा चल्ने गर्छ — करेक्सनपछि बुल फेज आउने नै गर्छ।
    म ठोकुवा गर्छु, पुस–माघसम्म बजार ३२ सय पार गर्नेछ।
    यो केवल अनुमान होइन, बजारको साइकलिकल हिस्ट्री, ट्रेडिङ भोल्युम, र निवेशक मनोविज्ञानको संयोजनमा आधारित अध्ययन हो।

    ३. विश्लेषकहरूको कुरा लगानीकर्ताले आजकल खासै पत्याउँदैनन् भन्ने आरोप पनि छ, तपाईंलाई के लाग्छ ?

    म आफैंलाई “विश्लेषक” भन्दिनँ, म लगानीकर्ता हुँ।
    नेपालमा धेरै “विश्लेषक” छन्, तर उनीहरूको पोर्टफोलियो सधैं नेगेटिभ हुन्छ। बजार घट्दा हल्ला फैलाउने, र बढ्दा डर देखाउने प्रवृत्ति हाबी छ।
    कसैले बजार २२ सयमा झर्छ भनिरहेका छन् — म भन्छु, त्यस्तो नकारात्मक हल्लालाई पत्रकारहरूले पनि ठाउँ दिनु अपराध सरह हो।
    हामीले लगानीकर्तामा डर होइन, आत्मविश्वास जगाउने समाचार लेख्नुपर्छ।

    ४. तपाईंको नजरमा कुन सेक्टरले बजारलाई माथि लैजाने सम्भावना बढी छ ?

    लाइफ इन्स्योरेन्स, नन-लाइफ इन्स्योरेन्स, इन्भेष्टमेन्ट कम्पनीहरू, र केही उच्च फण्डामेन्टल भएका बैंक तथा अन्य कम्पनीहरूले बजारलाई बल दिनेछन्।
    यी सेक्टरहरू अहिलेको आर्थिक वातावरणमा बढी प्रतिरोधी छन् र ब्याजदर, तरलता र नीति दुवै तर्फबाट सहयोगी अवस्थामा छन्।

    ५. तपाईं जेनजेड पुस्ताका लगानीकर्ता हुनुहुन्छ, अहिलेका युवाहरूले बजारमा राम्रो प्रदर्शन गरिरहेको चर्चा छ, तपाईंको दृष्टिकोण ?

    म उमेरले जेनजेड हुँ, तर आन्दोलन गर्न होइन, बजारमा परिणाम देखाउन आएको व्यक्ति हुँ।
    आजका युवाहरूले टेक्नोलोजी, मोबाइल एप्स र रियल-टाइम डेटाको प्रयोग गरेर आफूलाई सशक्त बनाएका छन्।
    पुराना पुस्ताले सिकाएका आधारमा नयाँ पुस्ताले नयाँ सोच थपेको छ।
    साँचो कुरा त के भने — आज बजारमा वास्तविक कमाउनेहरू यही नयाँ पुस्ता हुन्।
    हामीले ज्ञान, अनुशासन र सही समयमा निर्णय लिन सिकेका छौं।

    ६. बजार घट्दा धेरै लगानीकर्ताले शेयर बेचिरहेका छन्, तपाईं के गर्दै हुनुहुन्छ ?

    म त बेच्ने होइन, अहिले किन्नेको बेला हो भन्छु।
    बजारले घट्ने जति घटिसक्यो। अहिले बजारमा भय छ, तर साँचो लगानीकर्ता भय देखेर भाग्दैन — भयलाई अवसरमा बदल्छ।
    म अहिले बलिया कम्पनीका शेयर कलेक्ट गर्दैछु।

    ७. तपाईंका अनुसार यो समय बुल बजारकै फेज हो ?

    हो, यो बुल बजार नै हो।
    करेक्शन (Correction) आउँछ — तर त्यो बुल ट्रेन्ड भित्रकै सास फेर्ने समय हो, अन्त्य होइन।
    नेपालको बजारले धेरैपटक यस्तै अवस्थामा नयाँ शिखर बनाएको छ।

    ८. यो बुल बजार कहिलेसम्म रहन्छ ?

    म अनुमान गर्छु — यो बुल बजार ४१ सय विन्दु सम्म पुग्नेछ।
    त्यसपछि बजारमा आंशिक करेक्सन आउला। त्यस बेलादेखि म थोरै-थोरै नाफा बुक गर्दै पोर्टफोलियो ब्यालेन्स गर्ने रणनीतिमा जानेछु।
    तर अझै माथि पनि पुग्ने सम्भावना म नकार्दिनँ।

    ९. अन्त्यमा, आम लगानीकर्तालाई के सन्देश दिन चाहनुहुन्छ ?

    अहिले फण्डामेन्टल र टेक्निकल दुवै दृष्टिले बलिया कम्पनीहरूमा लगानी गर्ने समय हो।
    सस्तो मूल्यमा गुणस्तरीय कम्पनी किन्नु नै भविष्यको नाफा हो।
    बजार घट्दा निराश होइन, धैर्य राख्नुहोस्।
    बजार पुनः बलियो बुल फेजमा प्रवेश गर्नेछ भन्ने मेरो ठोकुवा हो।
    अन्त्यमा, सबै लगानीकर्तालाई अग्रिम दिपावलीको शुभकामना — बजारमा उज्यालो ल्याउने जिम्मा हामी सबैको हो।

    नेप्से ट्रेडिङको दृष्टि

    सन्तोष पौडेल केवल युवा लगानीकर्ता मात्र होइनन्, उनी बजारको व्यवहार, मनोविज्ञान र मौद्रिक नीतिको तालमेल बुझ्ने गहिरो दृष्टि भएका व्यक्ति हुन्।
    २६ वर्षकै उमेरमा यस्तो परिपक्व सोच राख्नु, र बजारमा दीर्घकालीन दृष्टीले हेर्न सक्नु, नयाँ पुस्ताका लागि प्रेरणादायी उदाहरण हो।
    नेपालको पूँजी बजारमा नयाँ सोच, आत्मविश्वास र डिजिटल युगको मेल मिलाउने यस्तो लगानीकर्ता पुस्ताको उदयले भविष्यमा बजार अझ पारदर्शी र परिपक्व बन्ने अपेक्षा गर्न सकिन्छ।

    In recent years, Nepal’s capital market has witnessed a remarkable surge in participation from young investors. The new generation, equipped with modern technology, analytical skills, and bold ideas, is challenging the dominance of traditional market players.

    Among them stands Santosh Paudel, the Chief Executive Officer (CEO) of Fast Lane Fund Investment Company.
    At just 26 years old, Paudel has made Pokhara his professional base and has been actively engaged in the stock market for the past five years. He believes more in long-term investment than in short-term trading and is known for his rational and disciplined approach to market behavior.

    In this exclusive conversation with NepseTrading.com Editor Dipesh Ghimire, Paudel shares his insights on the current market situation, future trends, the role of youth investors, and his personal investment philosophy.

    1. How do you assess the current stock market situation and its future outlook?

    Compared to last year, Nepal’s stock market has remained relatively stable. When Finance Minister Bishnu Paudel was appointed, the NEPSE index rose sharply from 1,800 points to 3,000 points, reflecting strong optimism.
    However, political changes and policy instability in recent months have caused the market to move sideways.

    Now, with a new government in place and positive circulars from the central bank, the market is once again positioned to gain strength.
    I believe that the market will remain sideways until Tihar, and then break past 3,200 points afterward with renewed momentum.

    2. You sound quite confident that the index will reach 3,200. Why so certain?

    Paudel (confidently):
    Absolutely. The market always moves in cycles—after every correction comes a bull phase.
    I firmly believe the index will surpass 3,200 points by mid-January (Poush–Magh).
    This is not a random prediction but based on the market’s cyclical history, trading volume patterns, and investor psychology.

    3. Many investors today don’t trust analysts anymore. What’s your take on that?

    I don’t call myself an “analyst”—I’m an investor.
    In Nepal, many so-called analysts have negative portfolios; they rarely profit themselves but are quick to spread panic.
    Some even claim the market will fall to 2,200 points—completely baseless rumors.
    Frankly speaking, journalists should avoid amplifying such negativity.
    Our role is to build confidence, not fear, among investors.

    4. Which sectors, in your view, will drive the next market rally?

    The life insurance, non-life insurance, investment, and selective banking sectors will be the main growth drivers.
    These sectors are fundamentally strong, resilient to current economic pressures, and supported by both liquidity conditions and monetary policies.

    5. As a Gen Z investor, what’s your perspective on young investors dominating the market lately?

    Yes, I belong to Gen Z—but I’m not here for activism; I’m here to deliver results.
    Today’s youth are empowered by technology, mobile apps, and real-time market data.
    We’ve combined the wisdom of older investors with the innovation of our generation.
    And the truth is — the real profit-makers in today’s market are the new-generation investors.
    We’ve learned the value of knowledge, discipline, and timely decision-making.

    6. Many investors are panic-selling amid recent declines. What are you doing personally?

    I’m not selling — I’m buying.
    The market has already corrected enough.
    True investors don’t run away from fear; they turn fear into opportunity.
    I’m currently accumulating shares of strong, fundamentally sound companies.

    7. So you believe we are still in a bull phase?

    Yes, this is definitely a bull market.
    Corrections will occur — but they’re breathers within the bull trend, not signs of its end.
    The Nepali market has historically set new highs after such phases.

    8. How long do you think this bull phase will last?

    In my view, this bull run could extend up to 4,100 points.
    After that, we might see a gradual correction phase.
    During that time, my strategy will be to book profits gradually and rebalance my portfolio.
    However, the market could still go beyond that — I don’t rule it out.

    9. Finally, what message would you like to give to general investors?

    Now is the right time to invest in fundamentally and technically strong companies.
    Buying quality stocks at lower prices is the foundation of future profit.
    Don’t lose hope during downturns — stay patient.
    I’m confident that the market will soon re-enter a strong bull phase.

    And yes — I’d like to wish all investors a very Happy Tihar in advance.
    Let’s together bring light and confidence back into the Nepali stock market.

    NepseTrading Viewpoint

    Santosh Paudel is not just a young investor; he’s a thinker who understands market psychology, monetary policy, and behavioral finance with depth.
    Having such a mature and structured market outlook at the age of 26 is rare — and truly inspiring for the next generation.
    His perspective represents the emerging digital and confident youth investor class that’s reshaping Nepal’s capital market — making it more transparent, modern, and resilient in the years to come.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026