
सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ देखिSarbottam Paints to Open IPO from JUNE 11
सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आगामी जेठ २८ गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सकिएपछि कम्पनीले अब सर्वसाधारणतर्फ शेयर बिक्री खोल्न लागेको हो।
कम्पनीले ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो। यसमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भइसकेको छ। कर्मचारीका लागि छुट्याइएको १७ हजार कित्ता बाहेक बाँकी ७ लाख ५ हजार ५०० कित्ता (७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबर) अहिले सर्वसाधारणका लागि खुला हुनेछ।
आवेदकले न्यूनतम १० र अधिकतम ५ हजार कित्तासम्म शेयर माग्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २ गते तोकिएको छ। तोकिएको अवधिभित्र पूर्ण आवेदन नपरे निष्कासन असार ११ गतेसम्म थपिनेछ।
निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
रेटिङ संस्था केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्युअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।
Sarbottam Paints Industries Limited is set to issue ordinary shares (IPO) to the general public from june 11. The company is opening its share sale to ordinary investors after completing the allotment of shares reserved for Nepalis working abroad.
The company had received approval to issue 850,000 units of shares, equal to 25 percent of its issued capital of Rs 340 million. Of these, 85,000 units have been allotted to Nepalis in foreign employment and 42,000 units to mutual funds. Setting aside 17,000 units for employees, the remaining 705,500 units (worth Rs 70.55 million) are now open to the general public.
Applicants can apply for a minimum of 10 and a maximum of 5,000 units. The application deadline is June 16. If the issue is not fully subscribed within that period, it will be extended until June 25.
Global IME Capital Limited has been appointed the issue and sales manager. Investors can apply through the C-ASBA system via ASBA member banks and financial institutions approved by the Securities Board of Nepal, as well as through the 'Mero Share' platform.
Rating agency CARE Ratings Nepal has assigned the company a 'CARE-NP BB-' issuer rating, indicating a moderate level of risk regarding the company's ability to meet its obligations.




