NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Sarbottam Steels Limited Announces 5th AGM Scheduled for Mangsir 28
    सर्वोत्तम स्टिल्स लिमिटेडले मंसिर २८ मा पाँचौँ वार्षिक साधारण सभा बोलायो
    Investor
    1 min read
    Published on November 23, 2025
    NEPSE TRADING

    सर्वोत्तम स्टिल्स लिमिटेडले मंसिर २८ मा पाँचौँ वार्षिक साधारण सभा बोलायोSarbottam Steels Limited Announces 5th AGM Scheduled for Mangsir 28

    सर्वोत्तम स्टिल्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ५ गते बसेको ६७औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। कम्पनीले सूचना प्रकाशित गर्दै मंसिर २८ गते साधारण सभा आयोजना हुने जानकारी सबै शेयरधनीलाई गराएको छ।

    साधारण सभा काठमाडौंको तिनकुनेस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ। कम्पनी ऐन, २०६३ को दफा ६७(२) अनुसार सबै शेयरधनीलाई पूर्व–सूचना दिनुपर्ने कानुनी प्रावधानअनुसार यो सूचना जारी गरिएको जनाएको छ। AGM मा कम्पनीका वार्षिक प्रतिवेदनदेखि वित्तीय विवरणसम्मका बुँदाहरू सम्बन्धमा छलफल हुनेछ।

    सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ र यसमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, सोही वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरणहरू AGM मा प्रस्तुत गरिनेछन्। यी सबै वित्तीय प्रतिवेदनहरू छलफलपछि अनुमोदन गरिनेछ।

    यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा राखिनेछ। यसका साथै, कम्पनी ऐनको दफा ९३ अनुसार कम्पनीका आधारभूत शेयरधनी वा सञ्चालकसँग सम्बन्धित संस्थासँग गरिएको कारोबार अनुमोदन गर्ने प्रस्ताव पनि AGM को एजेन्डामा समेटिएको छ।

    कम्पनीले अन्तिममा अन्य विविध विषयहरूबारे पनि छलफल गरिने जनाएको छ। सर्वोत्तम स्टिल्स लिमिटेडले सबै शेयरधनीहरूलाई मंसिर २८ गते हुने साधारण सभामा सहभागिता जनाई आवश्यक छलफलहरूमा सरिक हुन अनुरोध गरेको छ।

    Sarbottam Steels Limited has announced that its 5th Annual General Meeting (AGM) will be held on 28th Mangsir, 2082. The decision was made during the company’s 67th Board of Directors meeting, held on Mangsir 5. The company has published an official notice to inform all shareholders about the upcoming AGM in accordance with Section 67(2) of the Companies Act, 2063.

    The AGM is scheduled to take place at the company’s registered office in Tinkune, Kathmandu, beginning at 1:00 PM. Shareholders are encouraged to attend the meeting, where various operational and financial matters related to the company will be discussed and resolved.

    One of the key agendas of the meeting includes the discussion and approval of the Board of Directors' annual report for the fiscal year 2081/82. The AGM will also review the auditor’s report, including the balance sheet up to Ashad-end 2082, the profit and loss statement for FY 2081/82, the cash flow statement, and other related financial schedules. These documents will be presented and approved after detailed discussion.

    Additionally, the meeting will appoint an auditor for the fiscal year 2082/83, as required by Section 111 of the Companies Act, 2063, and determine the remuneration for the appointed auditor. Another agenda includes approving the transactions conducted with related parties—either with major shareholders or entities associated with the company—in accordance with Section 93 of the Companies Act.

    The AGM will conclude with discussions on various other matters deemed necessary for the company’s operation and governance. Sarbottam Steels Limited has urged all shareholders to participate actively in the meeting and contribute to the company’s future direction.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026