काठमाडौं । नेपालको पूँजी बजार सुधार र नियामकीय क्षमता विस्तारका विषयमा नेपाल धितोपत्र बोर्ड र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच छलफल भएको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट र आईएमएफका नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच मंगलबार भएको भेटमा बजारको वर्तमान अवस्था, सुधारका योजना तथा संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल भएको बोर्डले जनाएको छ।
भेटमा अध्यक्ष भट्टले पूँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीमैत्री बनाउन बोर्डले अघि बढाएका सुधारका प्रयासबारे जानकारी गराएका थिए। बजार नियमन प्रभावकारी बनाउने र लगानीकर्ताको विश्वास बढाउने विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
आईएमएफ प्रतिनिधि गुप्ताले नेपालको वित्तीय क्षेत्रको विकासमा पूँजी बजारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सुधार प्रक्रियामा अन्तर्राष्ट्रिय सहयोग र अनुभव आदानप्रदान गर्न सकिने बताएका थिए।
बोर्ड र आईएमएफबीचको छलफललाई नेपालको पूँजी बजार सुधारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।
Kathmandu. Nepal’s capital market development and regulatory reforms were discussed during a meeting between the Securities Board of Nepal (SEBON) and the International Monetary Fund (IMF).
SEBON Chairman Dr. Gopal Prasad Bhatt and IMF Nepal Resident Representative Pranav Kumar Gupta held discussions on Tuesday regarding the current status of Nepal’s capital market, ongoing reform initiatives, and strengthening institutional capacity.
During the meeting, Chairman Bhatt briefed the IMF representative about SEBON’s efforts to make the capital market more transparent, competitive, organized, and investor-friendly. He highlighted that policy and institutional reforms remain a key priority for improving the market.
IMF Resident Representative Gupta appreciated the reform measures being implemented by SEBON and expressed the IMF’s willingness to support and coordinate with Nepal’s financial sector development efforts.
He emphasized that a strong capital market plays an important role in financial stability and economic development, adding that international financial institutions can provide technical support and facilitate knowledge sharing when required.
The meeting between SEBON and the IMF representative is considered significant for expanding international cooperation in Nepal’s ongoing capital market reform process.