·

कामना सेवा विकास बैंकलाई ९ प्रतिशत ब्याजदरका ३५ लाख इकाई अग्राधिकार शेयर जारी गर्ने अनुमति प्रदान

Author

NEPSE TRADING

कामना सेवा विकास बैंकलाई ९ प्रतिशत ब्याजदरका ३५ लाख इकाई अग्राधिकार शेयर जारी गर्ने अनुमति प्रदान

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांशदर तोकिएको, प्रतिइकाई रु. १०० अंकित मूल्यका ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ।

बैंकको १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित भई, नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेर धितोपत्र बोर्डमा पेश गरिएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि सेबोनले अग्राधिकार शेयर निष्कासनको अनुमति दिएको हो।

अग्राधिकार शेयर जारी भएपछि बैंकको पूँजीगत संरचना थप मजबुत हुने, पुँजी कोषमा वृद्धि भई आगामी दिनमा व्यवसाय विस्तारका अवसर बढ्ने विकास बैंकले जनाएको छ।

हालको बजारको तरलता अवस्था र प्रतिफल दरलाई हेर्दा, संस्थागत लगानीकर्ताहरूका लागि ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयर आकर्षक र उपयुक्त लगानी विकल्प बन्न सक्ने बैंकको भनाइ छ।

Related News