NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. SEBON Approves New Margin Trading Rules from Falgun 1
    फागुन १ देखि लागू हुने नयाँ मार्जिन कारोबार नियम स्वीकृत
    Stock
    3 min read
    Published on February 10, 2026
    Nepse Trading

    फागुन १ देखि लागू हुने नयाँ मार्जिन कारोबार नियम स्वीकृतSEBON Approves New Margin Trading Rules from Falgun 1

    नेपालको पूँजी बजारमा दीर्घकालीन संरचनात्मक सुधारको अर्को महत्त्वपूर्ण कदमस्वरूप धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरेको छ। बोर्डको हालै सम्पन्न बैठकले २०७४ सालदेखि लागू हुँदै आएको पुरानो व्यवस्थालाई पूर्ण रूपमा खारेज गर्दै नयाँ नियमावली आगामी फागुन १ गतेदेखि लागू गर्ने निर्णय गरेको हो।

    नयाँ निर्देशिकाले शेयर बजारमा लगानी गर्ने व्यक्तिहरूका लागि ऋण प्रयोग गरेर शेयर खरिद गर्ने मार्गलाई स्पष्ट, नियन्त्रित र पारदर्शी बनाएको छ। यसअन्तर्गत लगानीकर्ताले सीमित आफ्नै पुँजी राखी धितोपत्र दलालमार्फत थप रकम सापट लिएर शेयर किन्न सक्नेछन्। लगानी सुरु गर्दा ब्रोकरलाई बुझाउनुपर्ने न्यूनतम रकमलाई प्रारम्भिक मार्जिन भनिएको छ भने बजार मूल्य घट्दा थप रकम जम्मा गर्नुपर्ने अवस्थालाई मार्जिन कल को रूपमा परिभाषित गरिएको छ।

    सबै सूचीकृत कम्पनीका शेयरमा भने यो सुविधा उपलब्ध नहुने बोर्डले स्पष्ट पारेको छ। निर्देशिकाअनुसार मार्जिन कारोबारका लागि योग्य हुन कम्पनीले न्यूनतम २५ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गरेको हुनुपर्नेछ (लक-इन अवधिका शेयर बाहेक)। साथै, कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम नहुने, पछिल्ला तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष नाफामा रहेको तथा आईपीओपछि सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड तोकिएको छ। यस व्यवस्थाले वित्तीय रूपमा कमजोर कम्पनीमा अत्यधिक सट्टाबाजी रोक्ने र लगानीकर्ताको जोखिम घटाउने अपेक्षा गरिएको छ।

    मार्जिन सुविधा उपलब्ध गराउने अधिकार सबै ब्रोकरलाई स्वतः दिइने छैन। इच्छुक धितोपत्र दलाल व्यवसायीले बोर्डबाट अनुमति लिनुपर्नेछ। त्यसका लागि ब्रोकरको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ, राफसाफ सदस्यता तथा निक्षेप सदस्यका रूपमा दर्ता अनिवार्य गरिएको छ। साथै, सेवा सुरु गर्नुअघि नेप्सेसँग पूर्व सहमति लिनुपर्ने प्रावधान पनि राखिएको छ।

    निर्देशिकाले लगानीकर्ता र ब्रोकर दुवैको जोखिम नियन्त्रणमा राख्ने गरी सीमा निर्धारण गरेको छ। लगानीकर्ताले शेयर खरिद गर्दा कम्तीमा ३० प्रतिशत रकम प्रारम्भिक मार्जिनका रूपमा राख्नुपर्नेछ। कारोबारको अवधिभर २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको अधिकतम पाँच गुणासम्म मार्जिन सुविधा दिन सक्नेछन् भने एउटै ग्राहक वा उसको परिवारलाई कुल सुविधाको १० प्रतिशतभन्दा बढी ऋण दिन नपाइने सीमा तोकिएको छ।

    बजार मूल्यमा दैनिक उतार–चढाव हुने यथार्थलाई ध्यानमा राख्दै निर्देशिकाले ‘मार्क्ड टु मार्केट’ प्रणालीलाई अनिवार्य बनाएको छ। हरेक दिन शेयरको बजार मूल्यका आधारमा मार्जिनको पुनःमूल्यांकन गर्नुपर्नेछ। यदि लगानीकर्ताको सम्भार मार्जिन २० प्रतिशतभन्दा तल झरेमा तुरुन्तै मार्जिन कल जारी गर्नुपर्नेछ। तोकिएको समयभित्र थप रकम वा शेयर नजम्मा गरेमा ब्रोकरले उक्त शेयर बिक्री गरी आफ्नो असुली गर्न सक्ने अधिकार पनि दिइएको छ।

    मार्जिन कारोबारका लागि ब्रोकरले आफ्नै स्रोत, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण वा सञ्चालक तथा शेयरधनीबाट लिएको असुरक्षित ऋण प्रयोग गर्न सक्नेछन्। तर, यस्तो कुल ऋण ब्रोकरको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नपाइने व्यवस्था गरिएको छ।

    पारदर्शितालाई निर्देशिकाको मुख्य आधार बनाइएको छ। ब्रोकरले छुट्टै मार्जिन ट्रेडिङ एकाउन्ट र मार्जिन ट्रेडिङ डिम्याट एकाउन्ट सञ्चालन गर्नुपर्नेछ। दैनिक मार्जिन कारोबारको विवरण भोलिपल्टै नेप्सेलाई बुझाउनुपर्ने र नेप्सेले उक्त विवरण सार्वजनिक गर्ने व्यवस्था गरिएको छ। साथै, आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मार्जिन कारोबारको अनिवार्य लेखापरीक्षण गरी बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने प्रावधान पनि समेटिएको छ।

    निर्देशिका कार्यान्वयनमा आएपछि नेपाली शेयर बजारमा उल्लेखनीय पुँजी प्रवाह हुने अपेक्षा गरिएको छ। सीमित पुँजी भएका साना तथा मध्यम लगानीकर्ताले आफ्नो क्षमता विस्तार गर्न सक्नेछन् भने बजारमा माग बढेर कारोबार चहलपहल बढ्ने अनुमान गरिएको छ। अर्कोतर्फ, ब्रोकरहरू पनि केवल कमिसनमा निर्भर नरही मार्जिन लेन्डिङमार्फत ब्याज आम्दानी गर्दै व्यावसायिक रूपमा थप सुदृढ हुने बोर्डको विश्वास छ।

    फागुन १ गतेदेखि पूर्ण रूपमा लागू हुने यो व्यवस्थाले बजारमा तरलता वृद्धि, लगानीको दायरा विस्तार र पूँजी बजारलाई थप व्यवस्थित दिशातर्फ लैजाने अपेक्षा गरिएको छ।

    Nepal’s capital market is set to enter a new phase as the Securities Board of Nepal (SEBON) has approved the Margin Trading Facility Directive, 2082, replacing the decade-old 2074 framework. The decision was taken during a recent board meeting, with the new provisions scheduled to come into force from Falgun 1.

    The revised directive formally opens the door for investors to purchase shares through margin financing provided by licensed stockbrokers. Under this system, investors can buy shares by depositing a portion of the required amount while borrowing the remaining funds from brokers. The upfront amount deposited by investors is defined as the initial margin, while any additional funds demanded when share prices fall below a prescribed level are known as a margin call.

    SEBON has clarified that margin trading will not be permitted for all listed companies. According to Clause 3 of the directive, only companies meeting specific financial and structural criteria will qualify. Eligible companies must have at least 2.5 million ordinary shares listed on NEPSE (excluding shares under lock-in), maintain net worth equal to or higher than paid-up capital, and report profits in at least two of the last three fiscal years. Additionally, a minimum of two years must have elapsed since IPO listing. These measures are intended to curb speculative trading in financially weak companies and reduce investor risk.

    The facility will also be selectively available among stockbrokers. Brokers wishing to offer margin trading must obtain prior approval from SEBON and meet strict eligibility requirements. A minimum paid-up capital of NPR 200 million, clearing membership, and depository participant status are mandatory. Furthermore, brokers must secure prior consent from NEPSE before initiating margin trading services.

    To manage systemic risk, the directive places clear limits on both investor exposure and broker lending capacity. Investors must deposit at least 30 percent as initial margin at the time of purchase and maintain a minimum 20 percent maintenance margin throughout the trading period. Brokers are permitted to provide margin facilities up to five times their verified net worth, while exposure to a single client or related family members cannot exceed 10 percent of the total margin portfolio.

    Given the volatility of stock prices, SEBON has made the mark-to-market mechanism compulsory. Brokers must reassess margin positions daily based on prevailing market prices. If an investor’s margin falls below the maintenance threshold, an immediate margin call must be issued. Failure to comply within the stipulated timeframe empowers brokers to liquidate the pledged shares to recover outstanding dues.

    Brokers may fund margin lending through their own capital, bank and financial institution loans, or unsecured borrowings from shareholders and directors. However, such borrowings are capped at 4.5 times the broker’s net worth, ensuring leverage remains within controllable limits.

    Transparency remains a cornerstone of the new directive. Brokers are required to maintain separate margin trading accounts and margin demat accounts, submit daily margin trading reports to NEPSE, and ensure public disclosure through the exchange’s website. Additionally, brokers must conduct an annual audit of margin trading activities and submit the audit report to SEBON within three months of the fiscal year-end.

    Market participants expect the new framework to significantly enhance liquidity in Nepal’s stock market. Small and mid-sized investors will gain greater purchasing power, potentially boosting market demand. At the same time, brokers are expected to diversify revenue streams by earning interest income through margin lending rather than relying solely on trading commissions.

    With full implementation from Falgun 1, SEBON anticipates increased liquidity, broader investment participation, and a more disciplined margin trading environment in Nepal’s capital market.

    Trending News

    • Trending16 Jun, 2026

      अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन

      Read news
    • Trending16 Jun, 2026

      बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

      Read news
    • Trending16 Jun, 2026

      राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

      Read news

    Related News

  • अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन
    Investor

    2 min read

    अन्योल कायमै : बजेटपछि पनि बजार आश्वस्त हुन सकेन

    NEPSE trading

    ·

    16 Jun, 2026

  • बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो
    Investor

    1 min read

    बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा
    Investor

    2 min read

    राष्ट्र बैंकले तोक्यो आजको विनिमयदर, एक डलर किन्न १५१ रुपैयाँ ८८ पैसा

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने
    Investor

    1 min read

    पहाडमा चट्याङसहित वर्षाको सम्भावना, तराईका केही भागमा गर्मी बढ्ने

    NEPSE TRADING

    ·

    16 Jun, 2026

  • अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु
    Top

    1 min read

    अतिक्रमित सरकारी जग्गा जोगाउन रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

    NEPSE TRADING

    ·

    16 Jun, 2026