NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. SEBON Relaxes Seed Capital Requirement for Mutual Funds, Incentives for Experienced Fund M...
    सेबोनले म्युचुअल फण्डको बीज पुँजी व्यवस्था खुकुलो बनायो, अनुभवी व्यवस्थापकलाई सुविधा
    Investor
    2 min read
    Published on January 20, 2026
    Dipesh Ghimire

    सेबोनले म्युचुअल फण्डको बीज पुँजी व्यवस्था खुकुलो बनायो, अनुभवी व्यवस्थापकलाई सुविधाSEBON Relaxes Seed Capital Requirement for Mutual Funds, Incentives for Experienced Fund Managers

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनका लागि आवश्यक बीज पुँजीसम्बन्धी व्यवस्था खुकुलो बनाएको छ। बोर्डको निर्णयअनुसार अब योग्य र अनुभवी योजना व्यवस्थापकहरूले १५ प्रतिशतको सट्टा १० प्रतिशत वा ५ प्रतिशत बीज पुँजी राखेर नयाँ योजना सञ्चालन तथा थप इकाई निष्कासन गर्न सक्नेछन्।

    यसअघि सबै म्युचुअल फण्ड योजनामा योजना प्रवर्द्धक तथा व्यवस्थापकले अनिवार्य रूपमा १५ प्रतिशत बीज पुँजी लगानी गर्नुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्थाले राम्रो कार्यसम्पादन गरेका र अनुभवी योजना व्यवस्थापकलाई थप प्रोत्साहन दिने उद्देश्य राखेको सेबोनले जनाएको छ। यो व्यवस्था माघ १ गतेदेखि लागू भइसकेको छ।

    सेबोनका अनुसार १० प्रतिशत बीज पुँजीको सुविधा पाउन योजना व्यवस्थापकसँग कम्तीमा तीन वर्षको सामूहिक लगानी योजना सञ्चालन अनुभव हुनुपर्नेछ। साथै, व्यवस्थापनमा रहेका योजनाको कुल आकार एक अर्ब रुपैयाँभन्दा बढी हुनुपर्ने, बोर्डबाट अनुमति प्राप्त योजनाहरूको पछिल्लो तीन वर्षको प्रति इकाई मासिक खुद सम्पत्ति मूल्य (NAV) औसत अंकित मूल्यभन्दा माथि हुनुपर्ने, र योजना व्यवस्थापकको रेटिङ न्यूनतमभन्दा माथि हुनुपर्ने व्यवस्था गरिएको छ। पछिल्लो छ महिनाभित्र कुनै कारबाही वा निलम्बनमा नपरेको हुनुपर्ने सर्त पनि राखिएको छ।

    यस्तै, ५ प्रतिशत बीज पुँजीको सुविधा लिन योजना व्यवस्थापकसँग कम्तीमा पाँच वर्षको सामूहिक लगानी योजना सञ्चालन अनुभव, पाँच अर्ब रुपैयाँभन्दा बढी कोष व्यवस्थापन, पछिल्लो तीन वर्षको औसत खुद सम्पत्ति मूल्य अंकित मूल्यभन्दा माथि, औसत वा सोभन्दा माथिको रेटिङ तथा पछिल्लो छ महिनामा कुनै कारबाही नभएको अवस्था अनिवार्य गरिएको छ।

    तर, ५ प्रतिशत वा १० प्रतिशत बीज पुँजीको सुविधा प्रयोग गरी सञ्चालन गरिने योजनाको अधिकतम आकार १० अर्ब रुपैयाँभन्दा बढी हुन नपाउने स्पष्ट गरिएको छ। यद्यपि, उल्लेखित मापदण्ड पूरा गर्न नसके पनि १५ प्रतिशत बीज पुँजी लगानी गरेमा भने नयाँ योजना सञ्चालन तथा थप इकाई निष्कासनमा कुनै रोक नलाग्ने सेबोनले जनाएको छ।

    यससँगै सेबोनले जोखिम व्यवस्थापनलाई पनि अनिवार्य बनाएको छ। योजना व्यवस्थापकहरूले जोखिम व्यवस्थापन नीति तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेछ भने प्रत्येक योजनामा अर्धवार्षिक रूपमा ‘स्ट्रेस टेस्ट’ गरी त्यसको प्रतिवेदन कोष सुपरिवेक्षक र कम्पनीको सञ्चालक समितिमा छलफल गरी एक महिनाभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। एकभन्दा बढी योजना सञ्चालन गर्ने अवस्थामा योजनाबीचको उद्देश्य र विशेषता स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने प्रावधान पनि थपिएको छ।

    सेबोनका अनुसार नयाँ व्यवस्थाले म्युचुअल फण्ड उद्योगलाई थप व्यवस्थित बनाउने, अनुभवी योजना व्यवस्थापकलाई प्रोत्साहन गर्ने र नयाँ योजना ल्याउन सहज बनाउने अपेक्षा गरिएको छ। यसबाट पुँजी बजारमा म्युचुअल फण्डको सहभागिता बढ्ने, दोस्रो बजारमा माग पक्ष सुदृढ हुने र अन्ततः लगानीकर्ताको हित संरक्षणमा सहयोग पुग्ने बोर्डको विश्वास छ।

    Kathmandu – Nepal Securities Board (SEBON) has relaxed the seed capital requirement for operating mutual funds in Nepal. As per the board’s latest decision, qualified and experienced scheme managers can now launch new mutual fund schemes and issue additional units by investing 10 percent or even 5 percent seed capital instead of the previously mandatory 15 percent.

    Earlier, all mutual fund schemes were required to have a compulsory 15 percent seed capital investment from the scheme sponsor and manager. SEBON stated that the revised provision aims to provide incentives to experienced fund managers with strong past performance. The new regulation has come into effect from Magh 1.

    According to SEBON, to be eligible for the 10 percent seed capital facility, a scheme manager must have at least three years of experience in operating collective investment schemes. In addition, the total size of funds under management must exceed NPR 1 billion, the average monthly Net Asset Value (NAV) per unit over the last three years must be above the par value, and the scheme manager must hold a rating above the minimum requirement. The manager must also not have faced any regulatory action or suspension in the past six months.

    Similarly, scheme managers seeking to qualify for the 5 percent seed capital facility must have a minimum of five years of experience in managing collective investment schemes and manage funds exceeding NPR 5 billion. They must also maintain an average NAV above par value over the last three years, possess an average or higher rating, and must not have faced any regulatory action in the previous six months.

    However, SEBON has clarified that the maximum size of any scheme operated under the 5 percent or 10 percent seed capital facility cannot exceed NPR 10 billion. Nevertheless, scheme managers who do not meet the relaxed criteria can still launch new schemes or issue additional units without restriction by maintaining the standard 15 percent seed capital requirement.

    Alongside this relaxation, SEBON has made risk management measures mandatory. Scheme managers are now required to formulate and implement a comprehensive risk management policy. Each mutual fund scheme must undergo a semi-annual stress test, with the report discussed by the fund supervisor and the company’s board of directors, and submitted to SEBON within one month.

    SEBON has also mandated that fund managers operating more than one scheme must clearly define and disclose the objectives and distinctive features of each scheme.

    According to the board, the new policy is expected to further systematize Nepal’s mutual fund industry, encourage experienced fund managers, and make it easier to introduce new schemes. SEBON believes the reform will enhance mutual fund participation in the capital market, strengthen demand in the secondary market, and ultimately contribute to better protection of investors’ interests.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026