करिब दुई महिनापछि सेबोनद्वारा आईपीओ स्वीकृति प्रक्रिया पुनः सुरु, सोलु हाइड्रोलाई अनुमति
Author
NEPSE TRADING

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब दुई महिनादेखि रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) स्वीकृति प्रक्रिया पुनः सुरु गरेको छ। कर्मचारी आन्दोलनका कारण ठप्प रहेको सेबोनको कामकाज सुचारु भएसँगै लामो समयदेखि प्रतीक्षारत कम्पनीहरूका लागि आईपीओ निष्काशनको बाटो खुलेको हो।
सेबोनले सोलु हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ। सेबोनका अनुसार कम्पनीलाई विवरण पत्र प्रकाशन गरी प्रारम्भिक सार्वजनिक निष्काशन अघि बढाउन अनुमति दिइएको हो।
कम्पनीले प्रति कित्ता रु. १०० दरका दुई करोड कित्ता सेयर निष्काशन गर्नेछ। यसका लागि सेबोनले आवश्यक स्वीकृति दिएको छ।
सोलु हाइड्रोपावर लिमिटेडको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।
बोर्डका अधिकारीहरूका अनुसार, आन्दोलनका कारण अड्किएका अन्य कम्पनीहरूको स्वीकृति प्रक्रिया पनि क्रमशः अघि बढाइने तयारी छ। यससँगै लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूलाई प्राथमिक सेयर निष्काशनका लागि राहत मिलने अपेक्षा गरिएको छ।



