NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Selling Someone Else’s Collateral Is ‘Part of Corruption’: Governor Paudel
    अर्काको कोल्याटरल बेच्नु ‘भ्रष्टाचारको भाग’ : गभर्नर पौडेल
    Investor
    2 min read
    Published on December 7, 2025
    NEPSE TRADING

    अर्काको कोल्याटरल बेच्नु ‘भ्रष्टाचारको भाग’ : गभर्नर पौडेलSelling Someone Else’s Collateral Is ‘Part of Corruption’: Governor Paudel

    काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय क्षेत्रमा हुने कर्जासम्बन्धी अनियमितताप्रति कडा चेतावनी दिएका छन्। उनले जबरजस्ती अर्काको कोल्याटरल बेचेर फाइदा उठाउने गतिविधि ‘पार्ट अफ करप्सन’ भएको उल्लेख गर्दै यस्तो कार्य राष्ट्र बैंकले क्षम्य रूपमा नलिने स्पष्ट सन्देश दिएको छ।

    आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले सरकारी र निजी बैंकबीचको व्यवहारगत भिन्नता पनि व्याख्या गरे। उनका अनुसार सरकारी बैंकले केही जोखिम उठाउन सक्लान्, तर निजी बैंकमा त्यस्ता गतिविधि देखिए राष्ट्र बैंकले कठोर कदमहरू उठाउनेछ।

    गभर्नर पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत विभिन्न महत्त्वपूर्ण सुधारहरू गरिएको बताए। उनले वित्तीय संस्थाहरूले नाफा वृद्धि गर्न सहज होस् भन्ने उद्देश्यले नीतिगत प्रावधानहरू परिमार्जन भएको उल्लेख गरे।

    उनका अनुसार महानगर क्षेत्रभित्र रहेका धेरै बैंक शाखा समायोजन गर्ने बाटो खोलिएको छ। डिजिटल कारोबार विस्तारका लागि बैंकलाई आवश्यक वातावरण तयार पारिएको छ। यी सबै उपायको लक्ष्य अर्थतन्त्रमा सकारात्मक गति भर्नु रहेको उनले बताए।

    गभर्नर पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको निक्षेपलाई लगानीमा परिणत गर्न राष्ट्र बैंक निरन्तर केन्द्रित रहेको छ। उनले अर्थतन्त्रको ‘मुभमेन्ट’ मनोवैज्ञानिक प्रभावमा पनि निर्भर हुने उल्लेख गरे।

    टोपी उद्योगदेखि आईटी क्षेत्रसम्म पछिल्ला केही वर्षमा महत्वपूर्ण प्रगति भएको उल्लेख गर्दै उनले भने, “देशलाई अगाडि बढाउने आधारहरू पर्याप्त छन्, तर मनोबल कमजोर छ। यसलाई उठाउन सकारात्मक क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्छ।”

    गभर्नर पौडेलले देशमा अवसर नभएको बहानामा अभिभावकहरूले सन्तानलाई विदेश पठाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार एक दशकभन्दा बढी समय “नेपालमा केही हुँदैन” भन्ने नकारात्मक मानसिकताले जनशक्ति पलायनलाई बढावा दियो।

    उनी भन्छन्, “अब तिनै सक्षम जनशक्तिलाई फिर्ता ल्याउनुपर्छ। तर, फर्किएकालाई राजनैतिक महत्वाकांक्षामा धकेल्ने होइन, उत्पादनशील क्षेत्रमा उनीहरूको उपयोग गर्नुपर्छ।”

    गभर्नर पौडेलले बैंक तथा वित्तीय क्षेत्रमा लागू हुने ‘ब्ल्याकलिस्ट’ व्यवस्थाबारे राष्ट्र बैंक अध्ययनरत रहेको जानकारी दिए। उनका अनुसार निर्माण उद्योगमा देखिएको समस्या माइक्रोफाइनान्स मोडलसँग मिल्दोजुल्दो छ, जहाँ एक व्यक्तिको गल्तीका कारण पूरा समूहलाई नै प्रभाव पर्न गएको छ।

    उनी भन्छन्, “ब्ल्याकलिस्टिङले अनावश्यक रूपमा धेरै व्यवसायीलाई थिचेको छ। सुधारको आवश्यकता छ, र राष्ट्र बैंक त्यसतर्फ गम्भीर छ।”

    गभर्नर पौडेलका अनुसार कुनै पनि परिवर्तन रातारात सम्भव हुँदैन। त्यसैले सुधारका प्रक्रियाहरू चरणबद्ध रूपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

    उनले उदाहरण प्रस्तुत गर्दै भने, “फेलियर हुनु गलत होइन। व्यवसायमा कहिलेकाहीँ असफलताले नै नयाँ कथा निर्माण गर्छ। हामीले राम्रो स्टोरीहरूलाई प्राथमिकतामा राख्नुपर्छ।”

    Kathmandu — Nepal Rastra Bank Governor Prof. Dr. Bishwanath Paudel has issued a stern warning against irregularities related to collateral handling in the banking sector. He said that forcibly selling someone else’s collateral for personal gain constitutes “part of corruption”, adding that such actions will not be tolerated by the central bank.

    Speaking at the 16th Annual General Meeting of the Nepal Forum of Financial Journalists (NAFIJ) on Sunday, Governor Paudel emphasized that there is a clear distinction in the way public and private banks are viewed. According to him, while government-owned banks may absorb certain risks, similar misconduct in private banks would invite strict regulatory action.

    Governor Paudel highlighted that the central bank has recently revised several policies to stimulate economic activity. The first quarterly review of the monetary policy, he said, has been designed to support profitability and operational ease for financial institutions.

    He added that the review has opened the way for consolidating and closing multiple bank branches inside metropolitan cities. The central bank is also encouraging banks to expand their digital services, with the goal of strengthening the overall momentum of the economy.

    Paudel noted that Nepal Rastra Bank remains focused on ensuring that the large volume of deposits accumulated in banks is converted into productive investment. He explained that the movement of the economy is influenced heavily by public sentiment and psychology.

    Referring to Nepal’s evolving economic landscape, he said significant progress has been made in sectors such as Himalayan Java, information technology, and infrastructure over the past decade. “The foundations are strong, but the morale is weak,” he remarked, urging stakeholders to focus on positive areas such as high-potential exports like cardamom.

    The Governor expressed dissatisfaction with the prevailing mindset that “nothing will happen in Nepal,” which has led many parents and even senior officials to send their children abroad.

    “For more than a decade, this country was portrayed as hopeless, leading to mass outmigration of our youth,” he said. “Now, we must bring them back—but not to make them ministers or push them into political competition. They should contribute in productive sectors.”

    Governor Paudel shared that Nepal Rastra Bank is currently reviewing the blacklisting system applied to borrowers. He pointed out that the construction industry is facing a situation similar to microfinance, where a single borrower’s failure often leads to the entire group being penalized.

    “There are too many blacklisted individuals in our system,” he said. “The mechanism needs reform, and the central bank is seriously examining it.”

    According to Paudel, meaningful change cannot happen overnight. Improvements must be pursued gradually and systematically.

    He added that failure should not be seen as a negative label. “Failure is not the enemy of business—it is simply part of the journey. What matters is giving priority to good stories and positive progress.”

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026