भदौ २३ गतेको शेयर कारोबारको राफसाफ अनिश्चित, सिडिएससीले प्रक्रिया स्थगित गर्यो
Author
NEPSE TRADING

काठमाडौं, गत भदौ २३ गते सोमबार भएको शेयर कारोबारको राफसाफ तथा फछर्यौट प्रक्रिया अनिश्चित बनेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र कारोबार राफसाफ तथा फछर्यौट बिनियमावली २०६९ को विनियम २८ बमोजिम सो दिनको कारोबारको राफसाफ अर्को सूचना नआएसम्म स्थगित गर्ने निर्णय गरेको हो।
स्टक ब्रोकर एसोसिएसन नेपालले २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण भुक्तानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भई भुक्तानी पूर्ण रूपमा सम्पन्न गर्न नसकेको भन्दै राफसाफ स्थगित गर्न सिडिएसीलाई अनुरोध गरेको थियो।
सोमबारको दिन शेयर बजार ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा झरेको थियो। तर, २२ गते भएको कारोबारको सम्पूर्ण राफसाफ भने सफलतापूर्वक सम्पन्न भएको सिडिएसीले जनाएको छ।