नेपाल राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताले लिन सक्ने शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा गरिएको यस परिवर्तनले शेयर बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार, व्यक्तिगत लगानीकर्ताले एकल नाममा अधिकतम २५ करोड रुपैयाँसम्म शेयर धितो राखी कर्जा लिन सक्नेछन्। यसअघि लागू सीमा १५ करोड रुपैयाँ मात्र थियो। यो निर्णयसँगै ठूलो पूँजी भएका लगानीकर्तालाई अझ बढी अवसर मिल्नेछ भने बजारमा तरलता समेत बढ्ने अनुमान गरिएको छ।





