शेयर कारोबारी दिपेन्द्र अग्रवाल हिरासतभित्र आमरण अनशनमा, स्वास्थ्य अवस्था बिग्रँदै
Author
NEPSE TRADING

शेयर कारोबारमा तल–माथि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल ले हिरासतभित्रै आमरण अनशन सुरु गरेका छन्। उनी आफूलाई अन्याय गरिएको दाबी गर्दै पछिल्ला चार दिनदेखि आमरण अनशनमा बसेका हुन्।
चार दिनपछि मात्र उनलाई परिवारसँग भेट्न दिइएको बताइएको छ। पारिवारिक स्रोतका अनुसार अनशनका कारण अग्रवालको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको छ। स्रोतका अनुसार उनले नेपाल धितोपत्र बोर्डका अध्यक्षले नियतवश आफूविरुद्ध दुश्मनी साधेको र न्याय माग्दा नै हिरासतमा बस्नुपरेको बताएका छन्।
लगानीकर्ताको हितमा आवाज उठाएको तथा बोर्डभित्र देखिएका भ्रष्टाचारका विषयमा बोल्दा आफूलाई पक्राउ गरिएको उनको तर्क रहेको पारिवारिक स्रोतले जनाएको छ। यद्यपि, यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्रहरी पक्षबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


