·

सुन र चाँदीको मूल्यमा भारी गिरावट

Author

NEPSE TRADING

सुन र चाँदीको मूल्यमा भारी गिरावट

असार १० गते, मंगलबार, नेपाली सुनचाँदी बजारमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको मूल्य २ हजार १७० रुपैयाँभन्दा १० रुपैयाँ कम हो। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा पनि मूल्यमा उतारचढाव आएको हो।

Related News