NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Shift Seen in Export–Import Structure, Rising Dependence on Consumer Goods Exports
    निर्यात–आयातको संरचनामा स्पष्ट परिवर्तन, उपभोग्य वस्तुमा निर्भरता बढ्दै
    Investor
    2 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    निर्यात–आयातको संरचनामा स्पष्ट परिवर्तन, उपभोग्य वस्तुमा निर्भरता बढ्दैShift Seen in Export–Import Structure, Rising Dependence on Consumer Goods Exports

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (२०८२ कात्तिकसम्म) को तथ्याङ्कले नेपालको वैदेशिक व्यापार संरचनामा उल्लेखनीय परिवर्तन देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार निर्यात र आयात दुवैको संरचना अघिल्लो वर्षको तुलनामा फरक दिशातर्फ उन्मुख भएको देखिन्छ, जसले देशको उत्पादन, उपभोग र लगानी प्रवृत्तिको संकेत गर्दछ।

    समीक्षा अवधिमा भएको कुल निर्यातमध्ये अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ५०.९ प्रतिशत मात्र थियो। यसले निर्यात वृद्धिको ठूलो हिस्सा उपभोग्य वस्तुमा केन्द्रित भएको देखाउँछ। त्यस्तै, मध्यवर्ती वस्तुको निर्यात हिस्सा २९.८ प्रतिशत मा सीमित भएको छ, जुन अघिल्लो वर्षको ४८.२ प्रतिशत बाट उल्लेखनीय रूपमा घटेको हो। पुँजीगत वस्तुको निर्यात हिस्सा ०.६ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षको ०.९ प्रतिशत भन्दा पनि कम हो।

    विश्लेषकहरूका अनुसार निर्यात संरचनामा उपभोग्य वस्तुको बढ्दो हिस्सा देखिनु अल्पकालीन रूपमा सकारात्मक देखिए पनि दीर्घकालीन रूपमा यो दिगो नहुन सक्छ। उत्पादनमूलक तथा पुँजीगत वस्तुको निर्यात कमजोर रहनुले औद्योगिक विस्तार र मूल्य अभिवृद्धि (value addition) मा अझै सीमित प्रगति भएको संकेत गर्छ।

    उता, आयात संरचनामा भने फरक प्रवृत्ति देखिएको छ। समीक्षा अवधिमा भएको कुल आयातमध्ये मध्यवर्ती वस्तुको हिस्सा ५३.० प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ४८.७ प्रतिशत भन्दा बढी हो। यसले उद्योग र निर्माणसँग सम्बन्धित कच्चा पदार्थ तथा अर्धतैयार वस्तुको आयात बढेको संकेत गर्दछ।
    त्यसैगरी, अन्तिम उपभोग्य वस्तुको आयात हिस्सा ३८.२ प्रतिशत मा झरेको छ, जबकि अघिल्लो वर्ष यस्तो हिस्सा ४२.६ प्रतिशत थियो। पुँजीगत वस्तुको आयात हिस्सा ८.८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८.७ प्रतिशत भन्दा झिनो रूपमा बढी हो।

    आयात संरचनामा मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा बढ्नु उत्पादन र पूर्वाधार गतिविधि विस्तारको संकेतका रूपमा हेरिएको छ। तर निर्यातमा पुँजीगत तथा मध्यवर्ती वस्तुको योगदान कमजोर रहनुले व्यापार सन्तुलन सुधारमा दीर्घकालीन चुनौती कायम रहेको देखिन्छ।

    समग्रमा, पछिल्लो चार महिनाको तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा आयाततर्फ केही संरचनात्मक सुधारको संकेत देखाए पनि निर्यात पक्ष अझै उपभोग्य वस्तुमा निर्भर रहेको स्पष्ट हुन्छ। विज्ञहरूका अनुसार निर्यातलाई दिगो र सन्तुलित बनाउन औद्योगिक उत्पादन, प्रविधि प्रयोग र मूल्य अभिवृद्धि भएका वस्तुको निर्यात प्रवर्द्धन अपरिहार्य देखिन्छ।

    Data from the first four months of fiscal year 2082/83 (up to mid-November 2025) show a noticeable shift in Nepal’s foreign trade structure, reflecting changing patterns in production, consumption and investment. According to figures released by Nepal Rastra Bank, the composition of both exports and imports has changed compared to the same period last year, offering important insights into the underlying direction of the economy.

    During the review period, consumer goods accounted for 69.6 percent of total exports, a sharp increase from 50.9 percent in the corresponding period of the previous year. This indicates that the recent surge in exports has been largely driven by final consumption items rather than industrial or capital-intensive products. At the same time, the share of intermediate goods in total exports declined to 29.8 percent, down significantly from 48.2 percent a year earlier.
    Exports of capital goods remained marginal at just 0.6 percent, slightly lower than 0.9 percent recorded in the same period last year.

    Economists note that while the growing share of consumer goods exports has helped boost overall export earnings in the short term, it raises concerns about sustainability. The continued weakness in exports of intermediate and capital goods suggests limited progress in industrial upgrading, value addition and technological capacity.

    On the import side, the structure points to a different trend. Intermediate goods made up 53.0 percent of total imports during the review period, up from 48.7 percent last year. This increase indicates higher imports of raw materials and semi-processed goods used in manufacturing and construction.
    Meanwhile, the share of consumer goods imports declined to 38.2 percent, compared to 42.6 percent in the previous year, suggesting some moderation in consumption-driven imports. Imports of capital goods accounted for 8.8 percent, slightly higher than 8.7 percent a year earlier.

    The rising share of intermediate and capital goods in imports is viewed as a sign of expanding industrial activity and infrastructure-related investment. However, the mismatch between the structure of exports and imports remains a concern. While Nepal is importing more production-oriented goods, its exports continue to be dominated by consumer items with relatively low value addition.

    Overall, the latest figures highlight a structural imbalance in Nepal’s foreign trade. Analysts argue that achieving a more sustainable trade position will require strengthening domestic industries, promoting value-added manufacturing, and expanding exports of intermediate and capital goods. Without such structural changes, improvements in export growth may remain short-lived, and the trade deficit will continue to pose a challenge to the economy.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026