NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Shikhar Power Development Opens IPO for General Public From Today
    शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला
    Investor
    1 min read
    Published on March 1, 2026
    NEPSE TRADING

    शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुलाShikhar Power Development Opens IPO for General Public From Today

    शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

    कम्पनीले आफ्नो जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो। यसमध्ये ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, २ लाख २२ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याई बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ।

    हाल कम्पनीले दोस्रो चरणअन्तर्गत कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी सेयरमार्फत कम्पनीले कुल १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त आइपिओमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि चैत १ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

    कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

    शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    Shikhar Power Development Limited has opened its Initial Public Offering (IPO) for the general public starting today (Sunday), following the completion of share allocation in the first phase for project-affected locals and Nepali citizens working abroad.

    The company had received approval to issue 3.2 million ordinary shares, equivalent to 32.65 percent of its issued capital of Rs 98 crore. Under the first phase of the offering, 980,000 shares were allocated to residents of project-affected areas based on environmental impact assessment reports and power generation licensing provisions. Similarly, 222,000 shares were issued to Nepali migrant workers with official labor approval, while 111,000 shares were allotted to mutual investment funds.

    In the second phase, the company has reserved 44,400 shares for its employees and is now offering the remaining 1,842,600 shares to the general public. The shares carry a face value of Rs 100 per unit, aiming to raise a total of Rs 18.42 crore from public investors.

    Investors may apply for a minimum of 10 shares and a maximum of 10,000 shares. The application deadline has been set for Falgun 22 (Nepali calendar). If the issue is not fully subscribed by then, the subscription period will be extended until Chaitra 1.

    ICRA Nepal has assigned the company an “ICRA NP Issuer Rating Double B,” indicating a moderate level of risk in the company’s ability to meet its financial obligations.

    Global IME Capital Limited has been appointed as the issue and sales manager for the IPO. Interested investors can submit applications through the C-ASBA system via all Securities Board of Nepal (SEBON)-approved member banks and financial institutions, as well as their designated branch offices.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026