NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Shikhar Power Opens IPO for Local Residents and Nepalis Working Abroad
    शिखर पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
    Investor
    1 min read
    Published on January 20, 2026
    NEPSE TRADING

    शिखर पावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताShikhar Power Opens IPO for Local Residents and Nepalis Working Abroad

    काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले आज माघ ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी पहिलो चरणमा आईपीओ बिक्री सुरु गरेको हो।

    कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबरको ३२ करोड रुपैयाँ मूल्यका ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ। सोमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र विदेशमा कार्यरत नेपालीका लागि सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत बराबरको ९ करोड ८० लाख रुपैयाँको आईपीओ निष्काशन गरिएको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ लाख ८० हजार कित्ता साधारण सेयर बिक्री खुला गरिएको हो। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रमा उल्लेखित विवरणका आधारमा स्थानीयका लागि सेयर छुट्याइएको कम्पनीले स्पष्ट पारेको छ।

    यस आईपीओमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर १ देखि १० सम्मका सबै वडाका बासिन्दा तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीय नागरिकले आवेदन दिन सक्नेछन्।

    यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पनि आईपीओ खुला गरिएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात २ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार कित्ता साधारण सेयर विदेशमा रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको हो। यसमा आवेदन दिन नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

    आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा माघ २० गते बन्द हुनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

    शिखर पावरको आईपीओ निष्काशनसँगै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई परियोजनामा प्रत्यक्ष सहभागिता गराउने लक्ष्य लिइएको छ। यसले जलविद्युत क्षेत्रमा सर्वसाधारणको सहभागिता बढ्ने र स्थानीय स्वामित्व सुदृढ हुने अपेक्षा गरिएको छ।

    Kathmandu — Shikhar Power Development Limited has opened its Initial Public Offering (IPO) from today, Magh 6, targeting project-affected local residents and Nepali citizens working abroad in the first phase of the issuance.

    The company has received approval to issue 3.2 million ordinary shares worth NPR 320 million, representing 32.65 percent of its issued capital of NPR 980 million. In the initial phase, the IPO has been made available specifically to locals affected by the project and Nepalis employed overseas.

    For project-affected local residents, Shikhar Power is issuing IPO shares equivalent to 10 percent of its issued capital, amounting to NPR 98 million. Accordingly, 980,000 ordinary shares with a par value of NPR 100 per share have been allocated for local residents. The company stated that the allocation is based on details outlined in the Environmental Impact Assessment (EIA) report and the electricity generation license.

    Eligible local applicants include residents of all wards (1 to 10) of Badigad Rural Municipality in Baglung district, as well as residents of ward number 2 of Dhorpatan Municipality in Baglung district who are affected by the project’s transmission line.

    The IPO has also been opened for Nepali citizens working abroad. The company has allocated 10 percent of the shares reserved for the general public—equivalent to NPR 22.2 million or 222,000 ordinary shares—for overseas Nepalis. Applicants under this category must have obtained labor approval from the relevant government authority.

    Investors can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. For project-affected local residents, the IPO will close early on Magh 20. If the issue is not fully subscribed by then, the application period will be extended until Falgun 8.

    Through this IPO, Shikhar Power aims to ensure local participation in the hydropower project while also providing investment opportunities for Nepalis working abroad, strengthening public ownership in the energy sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026