·
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा १३ प्रतिशत लाभांश घोषणा
Author
NEPSE TRADING

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो मध्ये ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहनेछ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।


